होमपेज > दसैँतिहार नजिकिदैँ गर्दा खाने तेलको मूल्य बढ्यो

दसैँतिहार नजिकिदैँ गर्दा खाने तेलको मूल्य बढ्यो

बिज्ञापन
बिज्ञापन

नेपालीका ठूला चाडपर्व दसैँतिहार आउनै लाग्दा खाने तेलको मूल्यमा वृद्धि भएको छ। पछिल्लो एकरडेढ साता ​बीचमा खाने तेलको मूल्य प्रतिलिटर २० रुपैयाँका दरले थोकमै वृद्धि भएको हो।

बिज्ञापन

यो मूल्य खुद्रामा पुग्दा अझै बढेको र यसको प्रत्यक्ष मार सर्वसाधारण उपभोक्तामा परेको छ। उपभोक्ताहरू मूल्यवृद्धिको मारमा परिरहे पनि सरकारी निकायले यसमाथि कुनै अनुगमन वा कारबाही अघि बढाएको छैन। पछिल्लो समयमा खानेतेलको मूल्यमा अस्वाभाविक वृद्धि भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले यसलाई नजिकबाट नियालिरहेको बताएको छ।

बिज्ञापन

विभागका महानिर्देशक राजन पौडेलले मूल्यवृद्धिको विषयलाई आफूले नियालिरहेको र केही तेल उत्पादक उद्योगसँग यस विषयमा सोधपुछ गर्ने काम पनि भइरहेको बताए। बजारमा मूल्यवृद्धि हुनेबित्तिकै कारबाही गर्न नमिल्ने भन्दै विभागका महानिर्देशक पौडेलले भने, ‘मूल्य बढ्नासाथ कारबाही गर्ने अधिकार हामीसँग छैन। हामीहरू मूल्य बढेपछि त्यसको कारण पत्ता लगाउनेतर्फ लागेका छौँ।’ अनुगमनबाट अस्वाभाविक रूपमा मूल्यवृद्धि भएको पाइएमा कारबाहीको प्रक्रिया अगाडि बढाउने उनले बताए। यता उद्योगीहरू भने अन्तर्राष्ट्रिय बजारमा कच्चा सामग्रीको मूल्य बढेकाले खानेतेलको मूल्य बढाउनुपरेको तर्क गर्दै आएका छन्। उद्योगीहरूले पाम र भटमास तेलको मूल्यमा अस्वाभाविक मूल्यवृद्धि नभएको दाबी गरेका छन्।

नेपाल खाद्य किराना तथा थोक व्यापार संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले पछिल्लो एकरडेढ साताको बीचमा खानेतेलको मूल्य थोकमै प्रतिलिटर २० रुपैयाँले बढेको जानकारी दिए। उद्योगबाटै सिधै थोकमा आउँदा मूल्यवृद्धि भएर आएको र त्यही अनुसार आफूहरूले पनि वृद्धि गरेको दाबी उनले गरे। उनका अनुसार पछिल्ला केही दिनदेखि सबैखाले खाने तेलको मूल्य प्रति कार्टोन दुई सय रुपैयाँ र प्रतिलिटरमा २० रुपैयाँले बढेर बजारमा आएको छ। नेपाल खुद्रा व्यापार संघका अनुसार खानेतेलको मूल्य उपभोक्तासम्म पुग्दा ३० रुपैयाँसम्म महँगो भएको छ। खुद्रा व्यापारीका अनुसार थोक व्यापारीले प्रति कार्टोन खानेतेलमा दुई सयदेखि तीन सय रुपैयाँसम्म मूल्यवृद्धि गरेका छन्। संघका अनुसार मूल्यवृद्धि भएपछि हाल सूर्यमुखी तेलको मूल्य प्रति कार्टोन दुई हजार दुई सय रुपैयाँदेखि दुई हजार चार सय रुपैयाँसम्म र भटमास तेलको मूल्य पनि प्रति कार्टोन दुई हजार तीन सय रुपैयाँ थोकमा पुगेको छ।

बिज्ञापन

तोरीको तेलमा प्रति कार्टोन तीन सय रुपैयाँ बढेर दुई हजार आठ सय रुपैयाँबाट तीन हजार रुपैयाँ पुगेको छ। गएको दुई वर्षयता खाने तेलको मूल्य सस्तो भएको थियो। त्यतिबेला कच्चा सामग्रीको मूल्य घटेका कारण देखाउँदै उद्योगीले मूल्य घटाएका थिए।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते