होमपेज > बढ्यो आलुको मूल्य, यस्तो छ कालीमाटीमा तरकारी भाउ

बढ्यो आलुको मूल्य, यस्तो छ कालीमाटीमा तरकारी भाउ

बिज्ञापन
बिज्ञापन

कालीमाटी फलफूल तथा तरकारी बजारमा आलु महँगिएको छ । अघिल्लो दिनसम्म स्वदेशी रातो आलु प्रतिकिलो ६५ रुपैयाँमा कारोबार भएकोमा आज मंगलबार १५ रुपैयाँ बढेर ८० रुपैयाँ पुगेको छ ।

बिज्ञापन

भारतीय रातो आलु भने स्थिर प्रतिकिलो ६५ रुपैयाँ छ । तिते करेला र कन्य च्याउ पनि अघिल्लो दिनको तुलनामा केही महँगिएको छ भने अधिकांश तरकारीको भाउ स्थिर छ । अघिल्लो दिन प्रतिकिलो ७० रुपैयाँ अधिकतम मूल्य रहेको तिते करेला आज ८० रुपैयाँ पुगेको छ । कन्य च्याउ १८० बाट २०० रुपैयाँ पुगेको छ ।

बिज्ञापन

कालीमाटी बजारमा ठूलो गोलभेँडा अधिकतम प्रतिकिलो ८०, प्याज ११५, स्थानीय बन्दा ६०, स्थानीय काउली १००, लाम्चो भन्टा ३०, डल्लो भन्टा ४०, तने बोडी ७०, टाटे सिमी ८०, लौका ४०, परवर ७०, चिचिन्डो ३०, बरेला ९चुच्चे करेला० १३०, इस्कुस २५ रुपैयाँ प्रतिकिलोमा कारोबार भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । डल्ले च्याउ ३०० तथा कुरिलो प्रतिकिलो ५०० रुपैयाँमा कारोबार भएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते