होमपेज > १ लाख ८० हजार ट्रामाडोल क्याप्सुलसहित ६ जना पक्राउ

१ लाख ८० हजार ट्रामाडोल क्याप्सुलसहित ६ जना पक्राउ

बिज्ञापन
बिज्ञापन

नेपाल प्रहरीले ठूलो परिमाणमा नियन्त्रित मनोद्विपक पदार्थ (लागुपदार्थ)सहित ६ जनालाई पक्राउ गरेको छ। प्रहरीले १ लाख ८० हजार ४३० ट्रामाडोल क्याप्सुलसहित उनीहरूलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

बिज्ञापन

शुक्रवार पत्रकार सम्मेलनमा लागुऔषध नियन्त्रण ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशकुमार आचार्यले लागुऔषध कारोबारमा संलग्न गिरोहमध्येका ६ जनालाई पक्राउ गरिएको जानकारी दिए। सुरुमा उदयपुर घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने ३० वर्षका बहादुर राईलाई बागमती करिडोर सडक किनारबाट ९ सय क्याप्सुलसहित पक्राउ गरिएको थियो। उनको कोठा खानतलासी गर्दा थप ३३ हजार ६ सय क्याप्सुल ट्रामाडोल बरामद भएको आचार्यले बताए।

बिज्ञापन

यस्तै सर्लाहीका विपिनकुमार महतोलाई कागेश्वरी मनोहराबाट ५३ हजार ९०० क्याप्सुल ट्रामाडोल र नित्रजेपाम ट्याब्लेट ८९२ सहित पक्राउ गरिएको उनले जानकारी दिए। पर्वतका बालकृष्ण अधिकारीलाई नयाँ बसपार्कस्थित सडक किनारबाट ९ हजार क्याप्सुल ट्रामाडोलसहित पक्राउ गरिएको हो। उनले उक्त क्याप्सुल सम्झना रोक्काबाट खरिद गरी बिक्री वितरण गर्ने गरेको अनुसन्धानमा खुल्न आएपछि उनलाई समेत पक्राउ गरिएको छ। उनको कोठामा खानतलासी गर्दा थप ट्रामाडोल क्याप्सुल ८३ हजार तथा नगद २ लाख ५० हजार रुपैयाँ बरामद गरिएको छ।

उनलाई उक्त लागूऔषध बिक्री गर्ने बाराका ३४ वर्षीय प्रदीप सर्राफलाई पनि काठमाडौँको टोखाबाट र उनीसँग कारोबार गर्ने काठमाडौँको डल्लुका मनमोहन श्रेष्ठलाई पनि पक्राउ गरिएको छ। उनीहरूमाथि लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप भई अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते