सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले साधारणसभा बोलाएको छ । सभा असोज २३ गते अनमोल बैंक्वेट, शंखमूल काठमाडौंमा बिहान ११ बजेदेखि बस्नेछ ।
बिज्ञापन
सभाले शेयरधनीलाई दिइने १८.३८११ प्रतिशत बोनश शेयरको प्रस्ताव पारित गर्नेछ । साथै, आव २०७९/०८० को वार्षिक प्रतिवेदनमाथि छलफल, साविक रिलायन्स लाइफ र सानिमाको लेखापरिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाहलगायतका विषयमा छलफल गरी पारित गर्नेछ ।
बिज्ञापन
चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नुका साथै सञ्चालकहरूको सुविधा परिमार्जन गर्ने प्रस्ताव पनि सभाले पारित गर्ने छ । सभा प्रयोजनार्थ कम्पनीले असोज ११ गते बुक क्लोज गर्ने भएको छ । असोज १० गतेसम्म नेप्सेमा कायम रहने शेयरधनी प्रस्तावित लाभांश पाउन र सभामा सहभागी बन्न योग्य हुनेछन् ।







