कालीमाटी फलफूल तथा तरकारी बजारमा तिते करेला महँगिएको छ । एक साताअघिसम्म प्रतिकिलो अधिकतम ७० रुपैयाँ रहेको तिते करेला मंगलबार १०० रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा यो ११ प्रतिशत महँगिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
बिज्ञापन
चिचिण्डो, रायो साग, पालुगो साग, जिरीको साग केही महँगिएको छ भने अधिकांश तरकारीको भाउ स्थिर छ । कालीमाटी बजारमा मंगलबार भारतीय ठूलो गोलभेँडा अधिकतम प्रतिकिलो ७०, घिरौंला ७०, परवर ५०, लौका ६०, चिचिण्डो ४० रुपैयाँ छ । त्यस्तै हरियो फर्सी ५०, पाकेको फर्सी ५०, स्थानीय बन्दा ६०, स्थानीय काउली १२० रुपैयाँ प्रतिकिलो छ ।
बिज्ञापन
रातो आलु ७२, प्याज १२५, गाजर १२० रुपैयाँ प्रतिकिलो रहेको समितिले जनाएको छ । समितिका अनुसार लाम्चो भन्टा ३५, डल्लो भन्टा ५०, तने बोडी ८०, घिउ सिमी ९०, टाटे सिमी ८०, भिण्डी ४०, रायो साग १३० रुपैयाँ प्रतिकिलो छ । पालुगो साग २००, तोरीको साग ६० रुपैयाँ छ । कुरिलो ४५०, न्युरो ८०, कन्य च्याउ २००, डल्ले च्याउ ५००, राजा च्याउ ३०० रुपैयाँ प्रतिकिलो कारोबार भएको समितिले जनाएको छ ।








