कामना सेवा विकास बैंकले संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ।
बिज्ञापन
संस्थापक सेयरधनीका नाममा रहेको १६ हजार कित्ता सेयर ३५ दिनसम्म पनि संस्थापक सेयरधनीले नकिनेपछि अब सर्वसाधारणका लागि बिक्रीमा राखिएको हो। इच्छुक व्यक्ति वा संघसंस्थाले आवश्यक कागजातसहित १५ दिनभित्र काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले किन्न चाहेको सेयर विवरण खुलाई निवेदन दिन बैंकले सार्वजनिक सूचना जारी गरेको छ।
बिज्ञापन
बिक्रीमा राखिएको सेयरसम्बन्धी थप जानकारीका लागि बैंकको सेयर विभागमा सम्पर्क राख्न सूचनामा उल्लेख छ।








