सूर्योदय वोमी लघुवित्तले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले संस्थापक शेयरधनी प्रकाश थापा मगरको नाममा रहेको ७ हजार ६३४ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
बिज्ञापन
यो शेयर जोकोही व्यक्ति वा संस्थाले किन्न पाउनेछन् । यसअघि संस्थाले संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा ल्याए पनि कसैले नकिनेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।
बिज्ञापन
इच्छुक लगानीकर्ताले आजका मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित संस्थाको कर्पोरेट कार्यालय महालक्ष्मी नगरपालिका ४ ललितपुर वा शेयर रजिस्ट्रार कुमारी क्यापिटल नक्साल, नागपोखरीमा काठमाडौंमा आइपुग्ने गरी आवेदन दिनुपर्नेछ । शेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने लघुवित्तले जनाएको छ ।








