एलजीले दसैं–तिहार लक्षित ‘एलजीसँग खुसीको पल’ योजना सार्वजनिक गरेको छ । यस योनजाअन्तर्गत ग्राहकले एलजीका घरायसी सामान खरिदमा नगद छुट तथा पक्का उपहार पाउन सकिनेछ ।
बिज्ञापन
कम्पनीका अनुसार एलजी ओलेड टीभी, क्युनेड टीभी, साउन्ड बार, होम अडियो, एलजी सिंगल डोर रेफ्रिजेरेटर, एलजी एयर प्युरिफायर र भ्याकुम क्लिनरको खरिदमा ४० प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्नेछन् ।
बिज्ञापन
एलजीको रेफ्रिजेरेटर खरिदमा हिटर, मिक्सर वा फ्यान हिटर उपहार पाउन सकिने कम्पनीले जनाएको छ । एलजीले शून्य प्रतिशत ब्याजदरमा ईएमआई, एक्सचेन्ज अफर, रिवार्ड, इन्स्टलेसन र निःशुल्क डेलिभरीको सुविधासमेत ल्याएको छ ।








