एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह समर्थकको तारोमा परेका छन् ।
बिज्ञापन
एमाले र बालेनबीच पछिल्लो समय विवाद चर्किँदै जाँदा बालेनका समर्थकहरूले ओलीको फेसबुक अनफलो अभियान चलाइरहेका छन् । मंगलबारदेखि चलेको उक्त अभियानबाट ओलीको फेसबुक पेज ‘केपी शर्मा ओली’को लाइक घटिरहेका छन् । यो अभियानबाट मंगलबारयता २५ हजार हाराहारी लाइक घटेको बताइएको छ ।
बिज्ञापन
बालेनले आफूले एमालेलक्षित पोस्ट सरकारले हटाएको आरोप लगाएसँगै समर्थकहरू आक्रोशित बनेर ओलीतर्फ खनिएका हुन् । सर्वोच्चको फैसलाअनुसार काठमाडौँ महानगरपालिकाले खोलाको मापदण्डबारे एक निर्णय गरेपछि एमाले बालेनसँग आक्रोशित बनेको छ । बालेनले आफ्नो निर्णय बचाउमात्रै गरेका छैनन्, एमालेमाथि आक्रोश पनि पोख्दै आएका छन् ।








