होमपेज > कक्षा १२ को नतिजा: कति विद्यार्थी कुन–कुन ग्रेड ल्याए? हेर्नुहोस्

कक्षा १२ को नतिजा: कति विद्यार्थी कुन–कुन ग्रेड ल्याए? हेर्नुहोस्

बिज्ञापन
बिज्ञापन

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नियमित तथा ग्रेड वृद्धि (आंशिक) परीक्षाको नतिजा सोमबार सार्वजनिक गरेको छ । नतिजाअनुसार परीक्षार्थीहरूले प्राप्त गरेको ग्रेड (जीपीए) को आधारमा उत्तीर्ण विद्यार्थीको सङ्ख्या पनि विवरणसहित सार्वजनिक गरिएको छ ।

बिज्ञापन

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार कुल २ लाख ८४ हजार ३०५ परीक्षार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन्। तीमध्ये सबैभन्दा उच्च ग्रेड ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या १३ हजार ५०२ रहेको छ । त्यस्तै, जीपीए ३.२१ देखि ३.६० ल्याउने विद्यार्थी ५५ हजार ८९६ जना छन्। यसैगरी २.८१ देखि ३.२० जीपीए प्राप्त गर्ने ९४ हजार २६८ जना छन् ।

बिज्ञापन

२.४१ देखि २.८० ल्याउनेको सङ्ख्या ६९ हजार ८१२ छ। २.०१ देखि २.४० बिचका विद्यार्थी ८ हजार ९६४ रहेका छन्। १.६१ देखि २.०० जीपीए ल्याउने विद्यार्थी सङ्ख्या २३ मात्र रहेको छ । यो वर्ष नियमित तर्फ ३ लाख ९६ हजार ३४७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये २ लाख ४२ हजार ४६५ जना ग्रेडेड भएका छन्। आंशिक तर्फ भने १ लाख १४ हजार ६४० मध्ये ४१ हजार ८४० विद्यार्थी ग्रेडेड भएका छन् ।

बोर्डका अनुसार नियमित तर्फ ग्रेड प्राप्त गर्ने विद्यार्थीको प्रतिशत ६१.१७ छ भने आंशिक तर्फको ग्रेडेड प्रतिशत ३६.४९ मात्र छ । परीक्षाका क्रममा अमर्यादित गतिविधिमा संलग्न भएका कारण कुल १७ जनाको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ। तीमध्ये नियमित तर्फ ११ र आंशिक तर्फ ६ जनाको परीक्षा रद्द गरिएको हो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते