होमपेज > निःशुल्क स्वास्थ्य जाँच गर्ने सुविधा स्मार्टफोनको क्यामेराबाटै

निःशुल्क स्वास्थ्य जाँच गर्ने सुविधा स्मार्टफोनको क्यामेराबाटै

बिज्ञापन
बिज्ञापन

मेटलाइफ नेपालले आफ्नो वन बाइ मेटलाइफ एप मार्फत निःशुल्क स्वास्थ्य जोखिम मूल्याङ्कन (हेल्थ रिस्क असेसमेन्ट) सुविधा सुरु गरेको छ। यो विशेष अफर सेप्टेम्बर २०२४ को अन्त्य सम्म उपलब्ध छ, जस अनुसार एपमा दर्ता गर्ने जोकोहीले आफ्नो स्मार्टफोन क्यामेराको प्रयोगबाट ५० सेकेन्डमै आफ्नो स्वास्थ्य जाँच गर्न सक्नेछन्।

बिज्ञापन

यो आकर्षक सुविधा सरल र प्रयोग गर्न पनि सजिलो छ। फोनको क्यामेरा प्रयोग गरेर एपले प्रयोगकर्ताको अनुहार स्क्यान गर्छ र तुरुन्तै मुख्य स्वास्थ्य मेट्रिक्स जस्तै मुटुको चाल, श्वासप्रश्वासको दर, रक्तचाप, अक्सिजनको स्तर र तनावको स्तर मापन गरी उपलब्ध गराउछ। यसरी एक मिनेटभन्दा कम समयमै सम्पन्न हुने यो सम्पूर्ण प्रक्रियाले सही नतिजाका साथै प्रयोगकर्ताको स्वास्थ्य सम्बन्धी महत्त्वपूर्ण सूचकहरूको ट्र्याक राख्ने कम्पनीको दाबी छ।

बिज्ञापन

यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताहरूले सबैभन्दा पहिला वन बाइ मेटलाइफ एप डाउनलोड गर्नुपर्ने हुन्छ। त्यसपछि एपमा आफूलाई दर्ता गरेपछि लगइन गर्न सकिन्छ र निःशुल्क स्वास्थ्य जोखिम मूल्याङ्कन सुविधा प्राप्त गर्न सकिन्छ। यसका लागि एप भित्र रहेको होम ड्याशबोर्ड वा एपमा उपलब्ध ३६० हेल्थ आइकन छनौट गर्नुपर्ने हुन्छ। मेटलाइफ नेपालको यस पहलले मानिसहरूको व्यस्त तालिकाको बाबजुद स्वास्थ्य मापनलाई सबैको पहुँचमा पुर्‍याउने र सजिलो बनाउने बताइएको छ। यो सेवा निःशुल्क उपलब्ध गराएर कम्पनीले प्रयोगकर्ताहरूलाई आफ्नो फोनमा केही ट्यापहरूमार्फत आफ्नो फिटनेसको अपडेट लिन मद्दत गरिरहेको छ।

यो सीमित समयको अफर भएको उल्लेख गर्दै मेटलाइफ नेपालले सबैलाई यो नौलो स्वास्थ्य उपकरणको अधिकतम उपयोग गर्न र लाभ लिन प्रोत्साहन समेत गरिरहेको छ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते