होमपेज > ‘बोहनी फोनपे क्यूआरबाटै’ अभियानमा सहभागी हुने एक व्यवसायीले इभी स्कुटर जित्ने

‘बोहनी फोनपे क्यूआरबाटै’ अभियानमा सहभागी हुने एक व्यवसायीले इभी स्कुटर जित्ने

बिज्ञापन
बिज्ञापन

फोनपेले ‘बोहनी क्युआरबाटै’ भन्ने पहलको सुरूवात गरेको छ। व्यवसायको पहिलो भुक्तानी,जसलाई चलन चल्तीको भाषामा बोहनी भनिन्छ। यस पहलले बिहानको पहिलो भुक्तानी नगदमा मात्र स्वीकार गर्ने नगद परम्परालाई चुनौती दिँदै डिजिटल भुक्तानीको सहजतालाई स्वीकार गर्न अभिप्रेरित गर्ने कम्पनीको भनाइ छ।

बिज्ञापन

फोनपे क्युआरमार्फत बोहनी स्वीकार गर्दा, व्यवसायीहरूले बिहानको समयमा स-साना रकमको समस्याबाट मुक्ति पाउनुको साथ-साथै उधारो दिनुपर्ने अवस्थालाई सजिलै टार्न सकिने कम्पनीको भनाइ छ। अभियानमा सहभागी हुन,व्यवसायीहरूले फोनपे बिजनेस एपमा लग-इन गरेर सहभागिता स्वीकार गर्नुपर्नेछ र अभियान अवधिमा फोनपे क्युआरमार्फत् भुक्तानी लिएको हुनुपर्नेछ। यस अभियान अन्तर्गत एक भाग्यशाली व्यवसायीले नयाँ इभी स्कुटर जित्न सक्नेछन्।

बिज्ञापन

फोनपेका चिफ बिजनेस अफिसर सुमित दासले भने,’ यस पहलको आशय भनेको हाम्रो व्यवसायीहरूलाई डिजिटल भुक्तानीलाई आफ्नो दैनिक व्यवसायिक कार्यहरूमा समाहित गर्न अझ बढि प्रोत्साहन गर्नु हो। हामी व्यवसायीहरूलाई पारम्परिक बोहनी,नगदमा स्वीकार गर्ने तरिकालाई त्यागेर फोनपे क्युआर अपनाउन प्रोत्साहित गर्दछौं,जसबाट व्यवसायहरूले अझ बढी सुविधा, न्युनतम जोखिम र उच्च व्यवसायिक दक्षताको अनुभव गर्न सक्नेछन्।’

फोनपे, नेपाल राष्ट्र बैंकद्वारा इजाजतपत्र प्राप्त र नियमन गरिएको नेपालको सबैभन्दा ठूलो भुक्तानी प्रणाली सञ्चालक हो। फोनपेले बैंक तथा वालेटका ग्राहकहरूका साथै व्यवसायहरूलाई छिटो, सुरक्षित र भरपर्दो डिजिटल नगदरहित भुक्तानी सेवाहरू दिँदै नगदरहित अर्थतन्त्रमा योगदान पुर्‍याउन सक्रिय प्रयासहरू गर्दै आएको छ । फोनपे,भुक्तानी प्रणालीको पहुँचलाई फराकिलो बनाउन,सञ्चालनमा थप दक्षता हाँसिल गर्दै प्रविधिको प्रयोगमार्फत मोबाइल भुक्तानी नेटवर्कमा नयाँ आविष्कारहरू ल्याउनमा केन्द्रित छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते