चर्चित भारतीय टेलिशृंखला शो ‘अनुपमा’ का अभिनेता सुधांशु पाण्डेले शो छाडेका छन्। उनले वनराज पात्रको भूमिका निर्वाह गरिरहेका थिए। उनले सामाजिक सञ्जालमा एक भिडिओ सेयर गर्दै उक्त जानकारी दिएका हुन्।
बिज्ञापन
शो छाडेपछि उनका छोरा तोशुको भूमिका निर्वाह गर्ने अभिनेता आशीष मेहरोत्राले आफ्नो प्रतिक्रिया दिएका छन्। ”मैले सामाजिक सञ्जालमार्फत उक्त कुरा थाहा पाएँ। यो हैरानी गर्ने कुरा थियो। तर म उनले भिडिओमा भनेको कुरासँग सहमत छु। एक अभिनेताको रूपमा नयाँ-नयाँ भूमिकामा अभिनय आवश्यक छ,” उनले भने।
बिज्ञापन
उनले सुधांशु र रूपाली गांगुली (अनुपमा) बीचको मनमुटावको बारेमा पनि कुराकानी गरेका छन्। ”उहाँलाई शोबाट बाहिर निकाल्नुको कारण के हो थाहा छैन। किनकी म पनि शोमा सहभागी छैन। म शोमा हुँदा उहाँबीच कुनै मतभेद थियो जस्तो मलाई लाग्दैन,” उनले भने।








