होमपेज > नेपाल भारत मैत्री अस्पतालद्वारा अलपत्र राममायाको नि:शुल्क उपचार

नेपाल भारत मैत्री अस्पतालद्वारा अलपत्र राममायाको नि:शुल्क उपचार

बिज्ञापन
बिज्ञापन

काठमाडौं महानगरपालिका वडा नम्बर -८ जयबागेश्वरिमा रहेको नेपाल भारत मैत्री अस्पतालले अलपत्र अवस्थामा रहेकी असहाय बिरामीको नि:शुल्क उपचार गरेको छ। मानव कल्याण समाज बनकालीमा आश्रय लिएर बसिरहेको राममाया कपाली लामो समयदेखि बिरामी थिइन‍्।

बिज्ञापन

कमजोर आर्थिक अवस्थाका कारण उपचार गर्न नसकेकी उनी पक्षघातबाट पीडित थिइन्। उनलाई सहायत गर्ने मानिसमेत नहुँदा पिठ्युमा घाउ भइसकेको थियो। घाउमा संक्रमण समेत भएको अवस्थामा उनी भेटिएको अस्पतालले जनाएको छ। मानव कल्याण समाजमा जोखिमयुक्त भवनमा अशक्त लाई राखिएको विषयमा समाचार संकलनका लागि पुगेका एभिन्युजका पत्रकार राजेन्द्र बस्नेतले कपालीको अवस्थाका बारेमा समेत समाचार प्रकाशमा ल्याएका थिए।

बिज्ञापन

सोही समाचारका आधारमा अस्पतालले उद्धार गर्दै नि:शुल्क उपचार सेवा दिएको हो। अस्पतालले उनको दुईटा मुख्य शल्यक्रियाका साथै ८ महिना भन्दा बढी समय आइसियुमा राखेर उपचार गरेको जनाएको छ। एक वर्षमा ८० लाख भन्दा बढीको उपचार सेवा दिएको अस्पतालको भनाइ छ।

वडा र अस्पतालले संयुक्त कार्यक्रम गरी उनको उद्धारमा र उपचारमा संलग्नलाई सम्मान गरेको छ।अझै लामो समय बेडमा आराम गर्नुपर्ने भएकोले वडा कार्यालय, प्रहरी र परिवारको समन्वयमा काठमाडौ महानगरपालिका वडा नम्बर-८ मै रहेको शान्ति सेवा गृहमा पठाइएको छ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते