होमपेज > नेपालमा ५८ देशको वैदेशिक लगानी, सबैभन्दा बढी कुन देशको?

नेपालमा ५८ देशको वैदेशिक लगानी, सबैभन्दा बढी कुन देशको?

बिज्ञापन
बिज्ञापन

गत असार मसान्तसम्म नेपालमा ५८ वटा देशको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यसमा भारतबाट सबैभन्दा बढी अर्थात् ३५ प्रतिशत लगानी भित्रिएको छ ।

बिज्ञापन

भारतका विभिन्न कम्पनीको नेपालमा १ खर्ब ३ अर्ब ४५ करोड लगानी रहेको राष्ट्र बैंकले जनाएको छ । त्यसपछि क्रमशः चीनको ३५ अर्ब ४६ करोड अर्थात् १२ प्रतिशत, आइल्याण्डको २२ अर्ब ६२ करोड ९७.७० प्रतिशत लगानी रहेको छ । अस्ट्रेलियाबाट गत असारसम्म १९ अर्ब ६ करोड र सिंगापुरबाट १८ अर्ब ८१ करोड लगानी आएको राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५९.७ प्रतिशत औद्योगिक क्षेत्रमा र ४०.२ प्रतिशत सेवा क्षेत्रमा रहेको छ ।

बिज्ञापन

औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत्मा ३० प्रतिशत, उत्पादन क्षेत्रमा २९.४ प्रतिशत प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिन्छ । कुल वैदेशिक लगानीमध्ये २६ प्रतिशत सेवाअन्तर्गत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते