होमपेज > हत्या गरी फरार सेनामा कार्यरत आले पक्राउ

हत्या गरी फरार सेनामा कार्यरत आले पक्राउ

बिज्ञापन
बिज्ञापन

करिब २० वर्षअघि एक व्यक्तिको हत्या गरी फरार भएका शङ्कर आलेलाई नेपाल प्रहरीले पक्राउ गर्न सफल भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले ४७ वर्षीय आलेलाई नवलपरासीको देवचुली नगरपालिकाबाट आइतबार पक्राउ गरेको हो ।

बिज्ञापन

ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार तत्कालीन नेपाल सेनाको श्री नम्बर ७ बाहिनी अड्डा मकवानपुरमा कार्यरत रहेका आले समेतका व्यक्तिहरूले व्यक्तिगत रिसिइबीका कारण मकवानपुरको साबिक मार्खु गाविस–४ बस्ने पूर्णबहादुर विष्टलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए ।

बिज्ञापन

विष्टको शव २०६१ साल कार्तिक ३० गते मार्खु र चित्लाङको दोसाँधमा फेला परेको थियो ।२०७२ साल वैशाख २३ गते मकवानपुर जिल्ला अदालतले ओलेलाई कर्तव्य ज्यान मुद्दामा जन्मकैद हुने ठहर गरेको थियो ।

हालसम्म फरार रहेका उनलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि चितवन जिल्ला अदालतमा पेस गरिएको उपरीक्षक बोगटीले जानकारी दिए ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते