नेपाल राष्ट्र बैंकले दुई मनिचेन्जर कम्पनीको लाइसेन्स खारेज गरेको छ ।
बिज्ञापन
राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले काठमाडौंको ठमेलमा रहेको रेन्बो मनी एक्स्चेन्ज प्रा.लि र ललितपुरको पुल्चोकमा रहेको कसा मनि एक्स्चेन्ज प्रा.लिको इजाजतपत्र रद्द गरेको हो । यी दुई कम्पनीले तोकिएको समयमा नवीकरण नगरेकाले इजाजतपत्र रद्द गरिएको राष्ट्र बैंकले जनाएको छ ।
बिज्ञापन









