होमपेज > पीडितले न्याय पाउन नसके देशका लागि दुर्भाग्य हुन्छ: रवि लामिछाने

पीडितले न्याय पाउन नसके देशका लागि दुर्भाग्य हुन्छ: रवि लामिछाने

बिज्ञापन
बिज्ञापन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संक्रमणकालीन न्याय सम्बन्धमा अन्तर्राष्ट्रिय समुदायको स्वभाविक साचो र चिन्तालाई सम्बोधन गर्नुपर्ने बताएका छन्।

बिज्ञापन

‘संक्रमणकालीन न्याय आन्तरिक मामिला हुँदाहुँदै पनि द्वन्द्व र मानवअधिकारसँग जोडिएका कारण यो अन्तर्राष्ट्रिय चासोको विषय हो,’ उनले भने, ‘हामीले टुंग्याएको मुद्दामा अन्तर्राष्ट्रियरुपमा प्रश्न नउठ्ने परिस्थिति गराउन र उनीहरूको स्वभाविक चिन्ता र चासोको पनि ख्याल गरिनुपर्छ।’ लामिछानेले न्याय निरुपण गर्दा अविलम्ब गर्ने प्रक्रिया पारदर्शी र पीडितमैत्री भएन भने अन्तर्राष्ट्रिय जगतले निरन्तर प्रश्न गरिरहने समेत बताए। बिगतमा सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले सरकारबाटै प्रयाप्त सहयोग प्राप्त गर्न नसकिएको गुनासो गरेको भन्दै अझैं पनि शंका उब्जिने तर्क गरे।

बिज्ञापन

‘अबको आयोगले पनि त्यही नियति भोग्ने पो हो कि ?,’ लामिछानेले भने, ‘बिगतले शंकाको आधार प्रशस्त दिएको छ। त्यसतर्फ अलिहे नै सरकारको ध्यानाकर्षण गराउन चाहान्छु।’ उनले संक्रमणकालीन न्याय प्रक्रियामा आफ्नो पार्टीको पनि सकरात्मक सहयोग हुने तर छड्के किनाराको साँची चाहिँ नबन्ने बताए। ‘संक्रमणकालीन न्यायमा हाम्रो सधै सकरात्मक सहयोग हुनेछ,’ लामिछानेले भने, ‘सहयोग गर्छौं भन्नुको अर्थ फट्के किनाराको साँची बस्छौं चाहिँ भनेको होइन। यो सम्मानित सदनको चौथो शक्ति हुनुको दायित्व र कर्तव्य हामीलाई थाहा छ।’

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते