होमपेज > विदेशमा अध्ययनका लागि जानेहरूका लागि निर्वाह खर्च बापत कति पैसा साट्न पाइन्छ ?

विदेशमा अध्ययनका लागि जानेहरूका लागि निर्वाह खर्च बापत कति पैसा साट्न पाइन्छ ?

बिज्ञापन
बिज्ञापन

विदेशमा अध्ययनका लागि जानेहरूका लागि निर्वाह खर्च बापत कति पैसा साट्न पाइन्छ ? यो आम विद्यार्थीको चासोको विषय हो ।

बिज्ञापन

राष्ट्र बैंकले विदेशमा पढ्न जाने विद्यार्थीका लागि देश अनुसार तोकेर नै वार्षिक डलर सटहीको सुविधा प्रदान गर्दै आएको छ । जसअनुसार क्यानडा, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया र युरोपेली देशहरू जाने विद्यार्थीले सबैभन्दा बढी सटही सुविधा पाउँछन् भने दक्षिण एसियाली मुलुकहरूका लागि कम सटही सुविधा तोकिएको छ ।

बिज्ञापन

नेपालबाट बङ्गलादेश र पाकिस्तान अध्ययन गर्न जाने एक नेपालीले वार्षिक २ हजार ५ सय अमेरिकी डलरसम्म निर्वाह खर्च सटही सुविधा पाउँछन् भने चीन, मलेसिया, थाइल्यान्ड र फिलिपिन्स जानेहरूले ४ हजार अमेरिकी डलर सटही सुविधा पाउँछन् । यसैगरी सिङ्गापुर र दक्षिण कोरिया अध्ययन गर्न जाने विद्यार्थीले ६ हजार अमेरिकी डलरसम्म सटही सुविधा पाउने राष्ट्र बैंकले जनाएको छ ।

यस्तै क्यानडा, अमेरिका, अस्ट्रेलिया लगायत युरोपेली मुलुकहरूमा अध्ययन गर्न जाने नेपालीहरूले भने वार्षिक ८ हजार अमेरिकी डलरसम्म सटही सुविधा पाउँछन् । यी बाहेक अन्य मुलुकहरूमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीले वार्षिक ५ हजार अमेरिकी डलरसम्म निर्वाह खर्च सटही सुविधा पाउने केन्द्रीय बैंकले जनाएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते