होमपेज > ‘छक्कापञ्जा ५’को पहिलो गीत ‘बिहे भाको छैन’ सार्वजनिक (भिडिओ)

‘छक्कापञ्जा ५’को पहिलो गीत ‘बिहे भाको छैन’ सार्वजनिक (भिडिओ)

बिज्ञापन
बिज्ञापन

यस वर्षको दशैंको अवसर पारेर आगामी असोज २४ गतेबाट दशैंको फूलपाती अवसर पारेर प्रदर्शनमा आउने फिल्म ‘छक्का पञ्जा ५’ पहिलो गीत ‘बिहे भाको छैन’ सार्वजनिक भएको छ । गीतमा सविन सुवेदी र बेनिशा पौडेलको स्वर, दीपकराज गिरी र दीपक शर्माको शब्द तथा दीपक शर्मा स्वयंको संगीत छ ।

बिज्ञापन

बिज्ञापन

गीतमा फिल्मका प्रमुख अभिनेता दीपकराज गिरी र अभिनेत्री वर्षा शिवाकोटी फिचर्ड छन् । सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको गीतको अन्तिममा अर्का कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ देखिएका छन् । प्रेम भावले भरिएको यो गीतलाई लोक शैलीमा तयार पारिएको छ । केही टिपिकल शब्द छन्, जसले गाउँको छनक दिन्छ, लोकको सुवास दिन्छ । अडियो पक्ष बलियो रहेको गीत दर्शकले रुचाउन सक्छन् ।

बिज्ञापन

प्रेमिल गीत वास्तविकताको सेरोफेरोमा घुम्छ । रुमानी कल्पनामा भन्दा वास्तविकता संसारलाई गीतले टपक्क टिपेको छ । प्रेममा हुने छटपटि, सम्पत्ति नहुने केटालाई केटालाई छोरी दिन गाह्रो मान्ने प्रवृत्ति, सरकारी जागिरेप्रतिको आशक्ति र त्यसको लोभमा गीतमा छ । दीपाश्री निरौलाको निर्देशित फिल्ममा हरि हुमागाइँको डिओपी तथा उत्तम हुमागाइँको छायांकन, दीपकराज स्वयंको पटकथा लेखन, दीपक, केदार घिमिरे र दिलीप तामाङको कथा र संवाद, रोशन श्रेष्ठको द्वन्द्व तथा विपिन मल्लको सम्पादन छ ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते