कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ ।
बिज्ञापन
सार्वजनिक मूल्यअनुसार आज कन्य च्याउको तुलनामा डल्ले च्याउ महँगो भएको छ । यसदिन कन्य च्याउको मूल्य प्रतिकिलो १५६ रुपियाँ तोकिएको छ भने डल्ले च्याउ प्रतिकिलो ३२६ रुपियाँमा किनबेच भइरहेको छ । कन्यको तुलनामा डल्ले च्याउ १७० रुपियाँले महँगो भएको हो । हिजो भने कन्य १६४ र डल्ले २९६ रुपियाँ किलोमा बिक्री भएको थियो ।
बिज्ञापन
मंगलबार ब्रोकाउलीको पनि भाउ बढेको छ । हिजो १५० रुपियाँ रहेको ब्रोकाउली ६० रुपियाँले बढेर आज २१० रुपियाँ कायम भएको कालिमाटी फलफूलत तथा तरकारी बजार विकास समितिले जनाएको छ । कालिमाटीमा आज लोकल गोलभेंडा ५५, ठूलो गोलभेंडा ९५, रातो आलु ६७, प्याज ९५, बन्दा ७५, काउली ८५, डल्ले भन्टा ५५, लौका ५५, घिरौंला ३५, हरियो फर्सी ७५, कुरिलो ३५० र तामा ११० रुपियाँ किलोमा किन्न पाइन्छ ।








