होमपेज > भान्छामा प्रयोग गरिने ग्यास सिलिण्डरमा उद्योगीको लापरबाही, बजार भेटियो असुरक्षित सिलिण्डर

भान्छामा प्रयोग गरिने ग्यास सिलिण्डरमा उद्योगीको लापरबाही, बजार भेटियो असुरक्षित सिलिण्डर

बिज्ञापन
बिज्ञापन

हरेक घरको भान्छामा पुग्ने र अत्यन्तै संवेदनशील मानिने ग्यासमा उद्योगीले लापरबाही गरेको भेटिएको छ।

बिज्ञापन

नेपाल आयल निगम र गुणस्तर तथा नापतौल विभागको अनुगमन कमजोर हुँदा प्रयोग नै गर्न नमिल्ने सिलिण्डरमा ग्यास भरेर बिक्री वितरण गरेको पाइएको हो।काभ्रेपलाञ्चोकमा रहेको सगरमाथा ग्यास उद्योगले ‘स्क्रयाप’ गर्नुपर्ने सिलिण्डरमा ग्यास भरेर बिक्री गरेको भेटिएको हो।टीकाथलीमा रहेको सुदिष्मा खाद्य स्टोरमा उद्योगले बेचेको धेरै सिलिण्डर प्रयोग नै गर्न नमिल्ने अवस्थाको भेटिएको छ। ‘हामीले उद्योगलाई धेरै पटक जानकारी गराउँदा पनि यस्तै सिलिण्डरमा ग्यास आइरहेको छ,’ स्टोरका संचालक बाबुराम ज्ञवालीले बिजमाण्डूसँग भने, ‘केही दिनअघि उपभोक्ताले सिलिण्डर लिकेज भएपछि हामीलाई फिर्ता गर्दा समेत उद्योगले लिन मानेन।’ सो उद्योगले बेचेको सिलिण्डरको बारे निगमले समेत गम्भीर रुपमा लिएको छ।

बिज्ञापन

‘यस्तो सिलिण्डर बेच्न पाइदैन। यो गम्भीर विषय हो,’ निगमका प्रवक्ता मनोज ठाकुरले बिजमाण्डूसँग भने, ‘हामीले उद्योगको नियमित अनुगमन गरिरहेका छौं। हामी उद्योगको थप अनुसन्धान गर्नेछौं।’ निगमले ग्यास उद्योगलाई नाफाका अतिरिक्त सुरक्षाका लागि आवश्यक पैसा समेत दिने गर्छ। ठाकुरले तत्कालै सगरमाथालाई त्यस्ता सिलिण्डर फिर्ता गर्न लगाउने जानकारी दिए। ‘उद्योगीलाई आजै हामीले टेलिफोन गरेर सिलिण्डर फिर्ता लिन भनिसकेका छौं,’ उनले भने। यता सगरमाथा ग्यास उद्योगका संचालक सावरमल अग्रवालले उद्योगमा बाढी आएकाले केही सिलिण्डर ‘मिसम्याच’ भएको हुनसक्ने बताए। ‘उद्योगमा बाढी पसेकाले गल्तीबस त्यस्ता सिलिण्डर गएको हुनसक्छ,’ उनले भने, ‘बाढी आएदेखि म उद्योग जान सकेको थिइनँ। त्यही भएर त्यस्तो सिलिण्डर गएको होला।’

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते