जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर ६ का २१ बर्षिय विजय श्रेष्ठ मृत अवस्थामा फेला परेका छन् । एक महिनाअघि घरबाट हराएका श्रेष्ठको शव सोही वडास्थित काजी तथा धैरेनी सामुदायिक वनमा हिजो (बुधबार) साँझ फेला परेको हो ।
बिज्ञापन
हनुमानगढी नजिक जङ्गलमा फेलापरेको श्रेष्ठको शवको आज (बिहिबार) सनाखत भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका काभ्रेका प्रवक्ता डिएसपी राजकुमार श्रेष्ठका अनुसार जंगलमा च्याउ खोज्ने क्रममा स्थानीयले प्रहरीलाई खबर गरेपछि हिजो साँझ श्रेष्ठको शब वरको रुखको फेदमा सडेगलेको अवस्थामा फेला पारेको हो ।
बिज्ञापन
हिजोदेखिनै घटना स्थललाई सुरक्षित राखेको प्रहरीले आज सनाखत गरेको हो । गत असार २८ गते हराएका श्रेष्ठको घटना’दयगत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








