बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएका छन् । सोमबार बसेको प्रदेश सभा बैठकमा सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन् ।
बिज्ञापन
नेपाली कांग्रेस-नेकपा एमाले गठबन्धन बनेसँगै माओवादी केन्द्र संसदीय दलका नेता जम्कट्टेल नेतृत्वको बागमती सरकार अल्पमतमा परेको थियो । सरकार अल्पमतमा परेसँगै उनले प्रदेश सभामा विश्वासको मत लिने तयारी गरेका थिए । तर, प्रदेश सभा बैठकमा सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन् ।
बिज्ञापन
उनले राजीनामा दिएसँगै बागमतीमा अब नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन हुने भएको छ । कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले सरकारले नेतृत्व गर्ने भएका हुन् ।








