हिमाली जिल्ला हुम्लामा खेत, पाखो र चाहार जग्गाको मूल्यवृद्धि गरिएको छ। जिल्लामा बसेको जग्गाको न्यूनतम मूल्य निर्धारण समितिको बैठकले सो निर्णय गरेको हो।
बिज्ञापन
मालपोत कार्यालयका निमित्त प्रमुख पवेन्द्र यादवले साउन १ गतेबाट लागू हुने गरी जिल्लाभित्रको व्यक्तिको जग्गाको न्यूनतम मूल्य निर्धारण गर्ने कार्य भएको बताए। दुई दिनसम्म बसेको समितिको बैठकले ब्यापक छलफल गरेर मूल्य निर्धारण गरेको हो। यस पटकको बैठकले जग्गाको महत्वहेरि प्रति वर्ग मिटर एक देखि ६६.५५ प्रतिशतसम्म मूल्य बृद्धि गर्ने निर्णय गरेको छ।
बिज्ञापन
सबैभन्दा बढी मूल्य नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङ, खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चु बजार, चङ्खेली गाउँपालिकाको केन्द्र पिप्लाङ, अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगर र ताँजाकोट गाउँपालिकाको केन्द्र छप्रेला ( मैला) मा कर्णाली करिडोरसंग जोडिएका जग्गाको बृद्धि गरिएको छ। यसअघि सो स्थानका जग्गाको मूल्य एक हजार एक सय रहेकोमा बैठकले त्यसलाई बृद्धि गरेर एक हजार ६५० रुपियाँ पुर्याइएको छ।
यसमा करिडोरको कवाडीदेखि हिल्सासम्मका सडकमा पर्ने मुख्य मुख्य बजार क्षेत्रमा पर्ने जग्गाको मूल्य पनि पचास प्रतिशतसम्म बृद्धि गरिएको उहाँले बताए। यसमा अदानचुली गाउँपालिकको तुम्च, सर्केगार्ड गाउँपालिका – १ को तुम्च, सर्केगाड गाउँपालिकाको केन्द्र सर्केगार्ड, खार्पुनाथ गाउँपालिकाको नल्न, खार्पु जिउलो र तुम्लिङको जग्गाको मूल्य पचास प्रतिशतले बृद्धि गरिएको छ। यी स्थानको जग्गाको मूल्य यसअघि प्रति वर्गमिटर एक हजार रुपियाँ भएको अब बढाएर एक हजार पाँच सय रुपैयाँ पुर्याइएको छ।
बिज्ञापन
जिल्लाभरको जग्गा मध्य सबै भन्दा कम मूल्य सिमकोट गाउँपालिका – ३,४, ५ र ६ को प्रतिवर्ग मिटर २५ रुपियाँ बृद्धि गरेर जम्मा एक प्रशित मूल्य बृद्धि गरिएको छ। यी क्षेत्रका जग्गाको मूल्य यसअघि प्रतिवर्ग मिटर तीन हजार पच्चीस रुपियाँ रहेकोमा त्यसलाई बृद्धि गरेर तीन हजार पचास रुपियाँ पुर्याइएको छ। हालसम्म जिल्लाभर सबै भन्दा बढी मूल्य सदरमुकाम सिमकोटको धुपि रुखदेखि मानसरोवर माविसम्म ढलान भएको सडकको पचास मिटर भित्रको जग्गाको मूल्य छ।
यी जग्गाको बृद्धि गरिएको मूल्य प्रतिवर्ग मिटर आठ हजार पाँच सय रुपियाँ निर्धारण गरिएको छ। यसअघि सो जग्गाको मूल्य प्रतिवर्ग मिटर सात हजार आठ सय रुपियाँ थियो। समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी बिनोद कुमार पोखरेलले गाउँपालिकाको सिफारिस र समितिको बैठकमा भएको छलफलपछि आएको निष्कर्षका आधार जग्गाको मूल्य बृद्धि गरिएको बताए ।








