होमपेज > बैंकहरुद्वारा निक्षेपको ब्याजदर संशोधन, कुन बैंकको कति?

बैंकहरुद्वारा निक्षेपको ब्याजदर संशोधन, कुन बैंकको कति?

बिज्ञापन
बिज्ञापन

वाणिज्य बैंकहरुले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । आउँदो महिनामा लागि पछिल्लो महिनाको मसान्तमा नयाँ ब्याजदर अनिवार्य सार्वजनिक गर्नुपर्ने नेपाल राष्ट्र बैंकको व्यवस्था बमोजिम २० वटै वाणिज्य बैंकहरुले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

बिज्ञापन

अधिकांश बैंकहरुले ब्याजदर घटाउँदै असारका लागि निक्षेपमा अधिकतम ८.२५ प्रतिशतसम्म ब्याजदर प्रस्ताव गरेका छन् । जेठ महिनाका बैंकहरुले न्यूनतम ५.६६ प्रतिशतदेखि ७.८ प्रतिशतसम्म ब्याज प्रदान गरेका थिए । असार महिनाका लागि हिमालयन बैंक, माछापुच्छ्रे बैंक र नबिल बैंकले क्रमशः ८.२५ प्रतिशत, ७.५ प्रतिशत र ७ प्रतिशतले बाहेक बाँकी १८ वटा बैंकले ब्याजदर बढाएका छैनन् । जेठ महिनाका लागि हिमालयन बैंकले ७.५ प्रतिशत ब्याजदर प्रदान गरेकोमा माछापुच्छ्रे बैंकले ७.२६ प्रतिशत र नबिल बैंकले ६.७५ प्रतिशत ब्याजदर तोकेको थियो ।

बिज्ञापन

जेठका लागि ५.६६६१ प्रतिशत ब्याजदर प्रदान गरेको कृषि विकास बैंकले असार महिनाका लागि पनि सोही ब्याजदर तोकेको छ । यस्तै, नेपाल बैंकले पनि यसै महिनाको ६.७५ प्रतिशतको ब्याजदरलाई असारमा पनि निरन्तरता दिने जनाएको छ । इन्भेस्टमेन्ट मेगा बैंक, सिद्धार्थ बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ७ प्रतिशतकै ब्याजदरलाई असारमा पनि निरन्तरता दिएका छन् । प्रभु बैंकले पनि हालको ७.५ प्रतिशतकै ब्याजदरलाई निरन्तरता दिएको छ ।

तर एभरेस्ट, राष्ट्रिय वाणिज्य बैंक, एसबीआई, लक्ष्मी सनराइज, ग्लोबल आईएमई, कुमारी, प्राइम कमर्सियल, सानिमा, सिटिजन्स, एनएमबी र एनआईसी एसिया बैंकले भने केही ब्याजदर घटाएका छन् ।

बिज्ञापन

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते