भारतसँग सीमा जोडिएको पर्साको जगरनाथपुर गाउँपालिकाको दशगजा क्षेत्रमा गाडिएको अवस्थामा दुई जना पुरुषको शव फेला परेको छ।
बिज्ञापन
जगरनाथपुर गाउँपालिका-१ बिसनपुर्वाबाट भारत बिहारको नगरदेही जाने बाटो छेउको नेपालतर्फ पर्ने ओरिया खोलास्थित दशगजा क्षेत्रमै मंगलबार बिहान पहिचान खुल्न नसकेका दुई पुरुषको शव भेटिएको हो।
बिज्ञापन
दशगजा क्षेत्रमा पर्ने ओरिया खोलामा रहेको ४२१-५ नम्बरको सीमा पिल्लर नजिकै बालुवामा गाडिएको अवस्थामा अन्दाजी ३५/४० वर्ष उमेरको जस्तो देखिने दुई पुरुषको शव भेटिएको पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए।








