होमपेज > माछापुच्छ्रे बैंकद्वारा विद्यालयलाई खानेपानी पूर्वाधार निर्माण गरी हस्तान्तरण

माछापुच्छ्रे बैंकद्वारा विद्यालयलाई खानेपानी पूर्वाधार निर्माण गरी हस्तान्तरण

बिज्ञापन
बिज्ञापन

माछापुच्छ्रे बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत कर्णाली प्रदेशको सुर्खेत जिल्ला स्थित शारदा नपा–१५, माल्नेटामा रहेको श्री त्रिभुवन जन माध्यामिक विद्यालयमा खानेपानी पूर्वाधार निर्माण गरी हस्तान्तरण गरेको छ ।

बिज्ञापन

यही २०८१ जेठ १६ गते बुधबार विद्यालयमा आयोजित एक औपचारिक समारोहका बीच उक्त खानेपानी सुविधाको हस्तान्तरण गरेको हो । विद्यालय सञ्चालनका लागि अतिआवश्यक खानेपानी अभावका कारण पठनपाठनमा समेत समस्या परिरहेको जानकारी पाएपश्चात बैंकले उक्त विद्यालको अवस्था अवलोकन गरी उक्त पूर्वाधारहरु निर्माण गरेको हो ।

बिज्ञापन

दुई सय ८९ जना विद्यार्थी एवं १८ जना शिक्षक/कर्मचारी कार्यरत विद्यालयले ३५ सय मिटर टाढा रहेको मुहानबाट अस्थायी रुपमा पानीको पाइप जडान गरी खानेपानीको व्यवस्था गर्दै आएकामा खडेरीको समयमा पानी सुक्ने, डढेलो लागेको बेलामा पानीको पाइप जलेर आपूर्ति बन्द हुनेलगायतका समस्या रहेको थियो ।

उक्त समस्यालाई मध्यनजर गर्दै बैंकले स्थायी रुपमा खानेपानी आपूर्तिका लागि मुहानमा ट्याङ्की निर्माण गर्नुका साथै विद्यालय परिसरमा धाराको निर्माण गरेर उक्त निर्माण गरिएका पूर्वाधारहरु विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो । बैंकले झण्डै २ महिनाको समय लगाएर उक्त पूर्णधारहरु निर्माण गरेको थियो ।

बिज्ञापन

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्र्तगत देशका विभिन्न स्थानहरुमा विभिन्न संघसंस्थाहरुसंग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तिय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरु हरुमा काम गर्दै आएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते