सरकारले मूल्य अभिवृद्धि कर (भ्याट)को थ्रेसहोल्ड वृद्धि गरी ३० लाख रुपैयाँ पुर्याएको छ । यसअघि भ्याटको थ्रेसहोल्ड २० लाख रुपैयाँ थियो । अब साना व्यवसायी भ्याटको दायरा बाहिर रहने भएका छन् । भ्याटमा दर्ताका लागि वस्तु तथा सेवाको मिश्रित कारोबारमा हाल रहेको थ्रेसहोल्डमा वृद्धि गरेको अर्थमन्त्री वर्षमान पुनले बताएका छन् ।
बिज्ञापन
उनले बजेटमार्फत मूल्य अभिवृद्धि कर छुट दिइएका वस्तु र सेवाको सूची घटाउँदै स्वच्छ कर प्रणाली विकास गर्न र कराधार विस्तार गर्न केही वस्तुमा भ्याट छुट दिने व्यवस्था खारेज गरेको जानकारी दिएका छन्।
बिज्ञापन
मूल्य अभिवृद्धि करमा दर्ता भएका सबै करदाताले क्रमशः अनिवार्य रूपमा विद्युतीय प्रणालीबाट बिजक जारी गर्नुपर्ने भएको छ । वार्षिक २५ करोड रुपैयाँ भन्दा बढीको कारोवार गर्ने सबै करदाताको कारोबारलाई केन्द्रीय बिजक अनुगमन प्रणालीमा आवद्ध गरिने भएको छ।








