होमपेज > सहरी विकासमन्त्री धनबहादुर बुढाको सार्वजनिक भयो सम्पत्ति विवरण, सम्पत्ति कति छ?

सहरी विकासमन्त्री धनबहादुर बुढाको सार्वजनिक भयो सम्पत्ति विवरण, सम्पत्ति कति छ?

बिज्ञापन
बिज्ञापन

सहरी विकासमन्त्री धनबहादुर बुढाको काठमाडौंसहित ७ वटा घर रहेको देखिएको छ ।

बिज्ञापन

मन्त्रिपरिषद्को हालै बसेको बैठकले प्रधानमन्त्रीसहित सबै मन्त्रीको विवरण सार्वजनिक गर्ने निर्णय गरेअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा सम्पत्ति विवरण सार्वजनिक भएको हो ।त्यसमा सहरी विकासमन्त्री बुढाकै नाममा डोल्पाको ठूलोभेरी नगरपालिका–३ मा ५ रोपनीमा बनेको ४ वटा घर रहेको देखिएको छ । यस्तै सोही स्थानमा श्रीमती हिमाली बुढाको नाममा ७ तल्ले घर एउटा छ ।

बिज्ञापन

काठमाडौं महानगरपालिकामा नै श्रीमतीको नाममा बुढाले १६ आना र २० आना जग्गामा बनेको ३–३ तल्ले दुइटा घर आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । उनले उक्त घरजग्गाको स्रोत पैतृक तथा व्यापार व्यवसायलाई देखाएका छन् । उनकी श्रीमतीको नाममा काठमाडौं–६ मा ६ आना क्षेत्रफल भएको घडेरी समेत छ ।

मन्त्री बुढासँग १ सय ५० तोला सुन र ३ सय तोला चाँदी छ । उक्त सुनचाँदीको स्रोत पनि उनले पैतृक र व्यापार उल्लेख गरेका छन् । मन्त्री बुढाको बैंक खातामा १५ लाख र उनकी श्रीमतीको नाममा ४५ लाख छ । उनीसँग एउटा हाइलक्स र एउटा प्राडो गाडी रहेको सम्पत्ति विवरणमा खुलाइएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते