लोकसेवा आयोगले सहसचिव पदका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले आज बिहीबार सहसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्दै उत्तीर्णहरुलाई अन्तरवार्तामा बोलाइएको छ ।
बिज्ञापन
आयोगका अनुसार २ सहसचिवका लागि प्रशासनतर्फ खुलामा ४, एक महिला कोटाको सहसचिवका लागि ४ र एक मधेशीतर्फको सहसचिवको लिखित परीक्षामा ३ जना पास भएका छन् । प्रशासनतर्फ सहसचिवका लागि लिखितमा १ हजार २५ जना सहभागी थिए ।
बिज्ञापन
यस्तै न्याय सेवा, कानून समूहको खुलातर्फ एक जना सहसचिवको लिखित परीक्षामा ३ जना उत्तीर्ण भएका छन् । यो परीक्षमाा ९४ जना सहभागी भएका थिए । यसैगरी लेखापरीक्षण सेवाको मधेशीतर्फ एक जना सहसचिवको लिखित परीक्षामा ६ जना उत्तीर्ण भएका छन् । यो परीक्षामा १८ जवना सहभागी थिए ।
हेर्नुस् नतिजा
बिज्ञापन









