अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ इतिहासकै कमजोर बनेको छ । नेपाल राष्ट्र बैंकले सोमबारकाका लागि एक अमेरिकी डलरको बिक्री मूल्य १३३ रुपैयाँ ८३ पैसा तोकेको हो । जुन हालसम्मकै उच्च दर हो ।
बिज्ञापन
त्यस्तै १ अमेरिकी डलरको खरिदमूल्य १३३ रुपैयाँ २३ पैसा तोकिएको छ । यो हालसम्मकै उच्च मूल्य हो । पछिल्ला दिनमा लगातार बढीरहेको अमेरिकी डलरको मूल्यले नेपालीहरुको जीवनमा प्रत्यक्ष प्रभाव पारिरहेको छ । डलरको मूल्यमा भएको वृद्धिले नेपाल जस्तो आयतमुखी अर्थतन्त्र भएको राष्ट्रका लागि निकै समस्या हुने अर्थविद्हरुको भनाइ छ ।
बिज्ञापन
नेपालले विदेशी राष्ट्रलाई तिर्नु पर्ने ऋणको ब्याज र साँवा समेत बढ्ने तथा विदेशबाट आयात गर्नु पर्ने सामानका लागि बढी रकम तिर्नु पर्ने कारणले यसले अर्थतन्त्रमा नै नकारात्मक असर गर्ने अर्थविद् डा. चन्द्रमणि अधिकारीको भनाइ छ ।
विदेशी पर्यटकले खर्च गर्ने र रेमिट्यान्सबाट केही बढी आए पनि देशमा उत्पादन कम हुने कारणले यसले खासै सकारात्मक प्रभाव पार्न नसक्ने अर्थविद्हरुले बताउने गरेका छन् । डलरको मूल्य बढ्न वित्तिकै विभिन्न आयोजनाको लागत समेत बढ्न जान्छ ।








