सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य आज पनि प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेदै प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
बिज्ञापन
त्यस्तै, तेजावी सुनको मूल्य पनि ५ सय सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ३६ हजार १५० रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।अछिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ६५० रुपैयाँ थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ। चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।








