होमपेज > अनैतिक सम्बन्ध रहेको भन्दै देवर-भाउजू पर्नेको जबर्जस्ती विवाह गराएर गाउँ निकाला

अनैतिक सम्बन्ध रहेको भन्दै देवर-भाउजू पर्नेको जबर्जस्ती विवाह गराएर गाउँ निकाला

बिज्ञापन
बिज्ञापन

सप्तरीको सुरुंगा नगरपालिका-७ हरिपुरमा एक पुरुष र भाउजू नाता पर्ने महिलालाई जबर्जस्ती विवाह गरेर गाउँ निकाला गरिएको छ । उनीहरूलाई अनैतिक सम्बन्धको आरोप लगाएर पञ्चायती बसी गाउँ निकाला गरिएको हो ।

बिज्ञापन

पञ्चायतीमा मुख्य भूमिका पूर्ववडाध्यक्ष धनिकलाल साहले गरेका थिए । उनले पञ्चायतीमै दुवैको विवाह गराएर गाउँ निकाला गर्ने निर्णय भएको जानकारी दिए । दुई छोरा र नातिनातिना रहेका महिलाका पति र दुवै छोरा रोजगारीका लागि विदेशमा छन् । गत सोमबार देवर र भाउजूलाई एउटै कोठामा देखेपछि गाउँलेले रातभर बाँधेर राखेका थिए । मंगलबार बिहान हरिपुरका पूर्ववडाध्यक्ष धनिकलाल साहसहित स्थानीयले गाउँमै पञ्चायती राखेर विवाह गराएर गाउँ निकालाको निर्णय गरेको थियो । सोही निर्णयअनुसार पञ्चायतीमै आरोपित पुरुषलाई भाउजू नाता पर्ने महिलाको सिउँदोमा सिन्दुर हाल्न लगाइएको थियो ।

बिज्ञापन

पञ्चायती बसेकै वेला सिन्दुर हालिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा छताछुल्ल छ । भिडिओमा ती महिला र देवर भनिएका व्यक्तिलाई बीचमा पारेर गाउँलेले घेरा हालेका छन् । महिला बसेर रोइरहेकी देखिन्छिन् भने देवर भनिएका व्यक्ति उभिएका छन् । उनलाई गाउँलेले महिलालाई सिन्दुर हाल्न लगाएको देख्न सकिन्छ । गाउँलेमध्ये एकजनाले ती व्यक्तिलाई दोसल्ला ओढाउँछन्। यत्तिकैमा महिलालाई जबर्जस्ती बसेको ठाउँबाट उठाइन्छ।

देवर भनिएका व्यक्तिले सिन्दुर हाल्छन्। महिलाले रुँदै सिन्दुर पुस्छिन् । सिन्दुर पुछेको विषयमा पनि समाजले आपत्ति जनाउँछ। अन्त्यमा ती व्यक्तिले हातमा समातेर महिलालाई लिएर जान्छन्। गाउँबाट निकालिएपछि दुवैजना अहिले सम्पर्कविहीन छन् । भाउजू नाता पर्नेसँग विवाह गराई गाउँ निकाला गरिएपछि आरोपित पुरुषका श्रीमती र दुई नाबालक सन्तान बिचल्ली परेका छन्।

बिज्ञापन

अनैतिक सम्बन्धको आशंकामा समाजबाट बहिष्कार गर्नु कानुनविपरीत रहेको दलित अधिकारकर्मी जीवन रामले बताए । ‘यदि कसैले गल्ती गरेको रहेछ भने प्रहरीमा बुझाउनुपर्छ । कानुनअनुसार कारबाही हुन्छ,’ उनले भने, ‘गाउँमै पञ्चायती राखेर विवाह गराउने अनि गाउँ निकाला गर्ने घटना सरसर गलत हो।’

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते