दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्रमा नेपालबाट लैजाने कामदारको कोटा वृद्धि गरेको छ। उत्पादनमूलक क्षेत्रमा १५ हजार ९ सय कामदार लैजाने प्रतिबद्धता जनाएको दक्षिण कोरियाले यो वर्ष थप १३.२ प्रतिशत कामदार लैजाने जानकारी दिएको छ ।
बिज्ञापन
थप कमदार लैजाने विषयमा कोरिया सकरात्मक भएको वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए। उनका अनुसार अब नेपालबाट थप १८ हजार कामदार जान पाउने भएका छन् । नेपालबाट उत्पादनमूलक क्षेत्रमा दक्षिण कोरिया जानका लागि गत डिसेम्बरमा खुलाइएको भाषा परीक्षाको आवेदनमा १ लाख ६३ हजार जनाले आवेदन दिएका थिए।
बिज्ञापन
आवेदन दिएका सबैको भाषा परीक्षा लिइसक्न आगामी डिसेम्बरसम्म लाग्ने ईपीएस कोरिया शाखाले जनाएको छ। दक्षिण कोरियाले भाषा परीक्षा उत्तीर्ण गरेका ९ हजार जना नेपाली युवाहरूलाई लैजान बाँकी रहेको कंडेलले जानकारी दिइन्।
शाखाका अनुसार मार्च १ देखि २४ भित्रमा कोरियाले भाषा परीक्षा उत्तीर्ण गरेर बसेका जम्मा ३ सय २८ जना युवाहरूलाई आफ्नो देश लैजाने प्रक्रिया अघि बढाएको थियो।जसमा भाषा परीक्षा उत्तीर्ण गरेर पालो पर्खिरहेका र यसअघि कोरिया पुगेर फर्किएकाहरू रहेको शाखाले जनाएको छ। दक्षिण कोरियाले कृषिमा भाषा परीक्षा उत्तीर्ण गरेर बसेकाहरूलाई यो वर्ष लैजाने आश्वासन दिएको छ।
बिज्ञापन
कम्पनीले प्रतिबद्धता पत्र दिएका निश्चित कामदारहरू मात्रै नेपाल फर्किएपछि कुनै परीक्षा नदिई पुनस् दक्षिण कोरिया जान पाउँछन्। शाखाकी प्रमुख मैया कंडेलका अनुसार १५ हजार युवा युवतीहरू भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया जाने पर्खाइमा छन्। सबैभन्दा धेरै कृषिमा करिब ९ हजार छन् । पानीजहाज बनाउने काममा जान बाँकी करिब ३ हजार ९ सय र उत्पादन क्षेत्रमा २ हजार जान बाँकी छन्। उत्पादन र पानीजहाज निर्माणमा जाने क्रम चलिरहेको छ।
९ सय २५ जना कामदारका लागि रोजगारी सम्झौता प्राप्त भएको छ। यो अवधिमा उत्पादनमा ५ सय ९७ जना कोरिया गएका छन्। पानीजहाज निर्माणमा ६३ जना र कृषिमा ३२८ जना गएका छन्। कोरियाले रुट उद्योगमा पनि ३० जना दक्ष कामदार लैजाने प्रक्रिया अघि बढाएको छ।








