होमपेज > हिमालयन लघुवित्तको नाफा ६० प्रतिशत घट्यो, प्रतिसेयर आम्दानी कति?

हिमालयन लघुवित्तको नाफा ६० प्रतिशत घट्यो, प्रतिसेयर आम्दानी कति?

बिज्ञापन
बिज्ञापन

हिमालयन लघुवित्त वित्तीय संस्थाको खुद नाफा ६० प्रतिशतले घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा जम्मा ५२ लाख ५८ हजार रुपैयाँ छ । गत वर्षको सोही अवधिमा यस्तो नाफा १ करोड ३३ लाख रुपैयाँ थियो ।

बिज्ञापन

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ११ करोड ७२ लाख रुपैयाँ छ । गत वर्षको यस अवधिमा खुद ब्याज आम्दानी १० करोड ५५ लाख रुपैयाँ थियो । कम्पनीको निष्क्रिय कर्जा बढेको छ । पुस मसान्तसम्म प्रवाह भएको कुल कर्जामा निष्क्रिय कर्जाको अंश ३.५९ प्रतिशत छ । गत वर्षको पुस मसान्तसम्म यस्तो कर्जा २.९३ प्रतिशत थियो ।

बिज्ञापन

कम्पनीको लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) गत वर्षको दोस्रो त्रैमासमा १ करोड ३५ लाख रहेकोमा यो वर्षको दोस्रो त्रैमासमा ७८ लाख ३१ हजार रुपैयाँ छ । कम्पनीको वितरणयोग्य नाफा १ करोड ९२ लाख रुपैयाँ ऋणात्मक छ । वार्षिक प्रतिसेयर आम्दानी ३ रुपैयाँ २९ पैसा छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते