नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयर मुल्य समायोजन भएको छ । आइतबार युनाइटेड अजोड इन्स्योरेन्स र रिडी पावर कम्पनीको र्मूल्य समायोजन भएको हो ।
बिज्ञापन
युनाइटेड अजोडको १०.२६१२ प्रतिशत बोनस बापतको नेप्सेले सेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको सेयर मूल्य ५६१ रुपैयाँ ३० पैसा कायम भएको छ । आज कम्पनीको अन्तिम कारोबार ६१८ रुपैयाँ ९० पैसामा भएको थियो ।
बिज्ञापन
त्यस्तै, रिडी पावरको ५० प्रतिशत हकप्रद बापत सेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको सेयर मुल्य २१६ रुपैयाँ ६७ पैसा कायम भएको छ । आज कम्पनीको अन्तिम कारोबार २७५ रुपैयाँमा भएको थियो ।








