होमपेज > नेपाल कहिले होला धानमा आत्मनिर्भर ?

नेपाल कहिले होला धानमा आत्मनिर्भर ?

बिज्ञापन
बिज्ञापन

काठमाडौं । संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यो वर्ष धान उत्पादनमा उत्साहजनक वृद्धि भएको रिपोर्ट गत साता सार्वजनिक गर्‍यो । ५७ लाख टन अर्थात् अघिल्लो वर्षभन्दा ३ लाख टन बढी फलेको मन्त्रालयको तथ्यांक छ । तर, देशमा अझै ११ लाख टन धान अपुग छ ।

बिज्ञापन

संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो वर्ष ५७ लाख २४ हजार २ सय ३४ मेटि्रक टन धान फलेको छ, जुन गत वर्षभन्दा २ लाख ७६ हजार टन बढी हो । गत वर्ष ५४ लाख ४७ हजार मेटि्रक टन धान फलेको थियो । अहिलेको उत्पादन विगत चार वर्षको औसत उत्पादनको तुलनामा ५ दशमलब शून्य ८ प्रतिशतले बढी भएको मन्त्रालयको भनाइ छ । तर, देशमा अझै ११ लाख टन धान अपुग छ । यही कारण माग धान्न उद्योगीले भारतबाट १० लाख टन सहुलियतको धान ल्याउन आग्रह गरिरहेको उद्योगी विभोर अग्रवाल बताउँछन् ।

बिज्ञापन

नेपालीहरुले मसिनो चामल बढी उपभोग गर्छन् । तर, मोटा चामल बढी उत्पादन हुने भएकाले बजारसाग तालमेल हुन नसकेको मन्त्रालयको तर्क छ । कृषि विभागका पूर्वमहानिर्देशक डिल्लीराम शर्माले भने सरकारसँग ठोस रणनीति नहुँदा चाहिने जति उत्पादन हुन नसकेको बताएका छन् । अहिले प्रतिहेक्टर ३.८ टन रहेको धानको उत्पादकत्वलाई ४ टन पुर्‍याउन सके धानमा आत्मनिर्भर हुन सक्ने उनीहरुको भनाइ छ ।

विगतको तुलनामा यस वर्ष समयमै रासायनिक मलको उपलब्धता, बढ्दो उन्नत बीउको प्रयोग, रोगकिराको प्रकोपमा कमी, मौसमी अनुकूलताजस्ता कारण यसवर्ष धान उत्पादन बढेको मन्त्रालयले जनाएको छ । उत्पादन बढे पनि धान लगाउने क्षेत्रफल झनै घटेको छ । यस वर्ष गत वर्षको तुलनामा ८ हजार ८ सय हेक्टरले कमी आई १४ लाख ३८ हजार हेक्टरमा सीमित भएको छ । अपुग रहेको धान पूर्ति हुने गरी चैते धान उत्पादन वृद्धिका लागि स्थानीय तहसँग समन्वय भइरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माको भनाइ छ ।

बिज्ञापन

देशभरको आँकडाले बढेको देखिए पनि पर्याप्त वर्षा नहुँदा अन्नभण्डार मानिएको मधेशमै यस वर्ष उत्पादन घटेको छ । जलवायु परिवर्तनका कारण खाद्य सुरक्षामा चाप बढिरहेको छ । यो वर्ष उत्पादन बढेको देखिए पनि अझै अपुग भएकाले खेतीयोग्य भूमिमा सिाचाइ, उन्नत बीउ, उत्पादकत्व वृद्धि र यान्त्रीकरणमा जोड दिनुपर्ने विज्ञको सुझाव छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते