होमपेज > सरकारका खातामा १८७ अर्ब मौज्दात

सरकारका खातामा १८७ अर्ब मौज्दात

बिज्ञापन
बिज्ञापन

काठमाडौं । नेपाल सरकारको नाममा रहेका बैंक खातामा १ खर्ब ८७ अर्ब ८६ करोड रुपैयाँ मौज्दात रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । सरकारका खातामा सो बराबरको मौज्दात रहेको नेपाल राष्ट्र बैंकको आंकडामा उल्लेख छ ।२०८० असार मसान्तमा ७१ अर्ब ९८ करोड रुपैयाँमा झरेको मौज्दात ५ महिनामा बढेर झण्डै २ खर्ब हाराहारी पुगेको हो ।

बिज्ञापन

नेपाल सरकारले ५ महिनाको अवधिमा ४५३ अर्ब रुपैयाँ खर्च गरिसकेको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा ४.१ प्रतिशत धेरै हो । यस अवधिमा सरकारले ३६० अर्ब चालु, ३६ अर्ब ६ करोड पूँजीगत र वित्तीय व्यवस्थामा ५६ अर्ब ९४ करोड रुपैयाँ खर्च गरेको छ ।

बिज्ञापन

राजस्व परिचालन लक्ष्यको तुलनामा कम संकलन भए पनि वृद्धिदर भने गत वर्षको तुलनामा सुधार भएको छ ।मंसिरसम्म ३६३ अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यो गत आवको यसै अवधिमा उठेको राजस्वको तुलनामा ११.२ प्रतिशत धेरै हो ।

यस अवधिमा कर राजस्व ३३७ अर्ब १९ करोड र गैरकर राजस्व २६ अर्ब २४ करोड रुपैयाँ उठेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते