होमपेज > नेपालीलाई रुसी सेनामा पठाउने दुई जना ट्राभस सञ्चालक पक्राउ

नेपालीलाई रुसी सेनामा पठाउने दुई जना ट्राभस सञ्चालक पक्राउ

बिज्ञापन
बिज्ञापन

नक्कली कागजात बनाइ दिएर मोटो रकम लिँदै नेपाली युवालाई रुसी सेनामा पठाएको आरोपमा प्रहरीले दुई ट्राभल सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ट्राभल सञ्चालक गोरखाका ३१ वर्षीय अर्जुन सुनार र सोलुखुम्बु नेचाका ३५ वर्षीय शेरबहादुर राई छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालय मीन भवनको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो ।

बिज्ञापन

पक्राउ परेका सुनार र राईले रूसको होटलमा आकर्षक तलब हुन्छ भन्दै विभिन्न युवाहरूसँग ६ लाख रुपैयाँका दरले उठाएर युवालाई रुस पठाएका थिए । शंकर कार्की, राजन राई र बिकास राईलाई अलास्का ट्राभल्स सञ्चालक बताउने अर्जुन श्रेष्ठ भन्ने अर्जुन सुनार र शेखर राई बताउने शेरबहादुर राईले प्रतिव्यक्ति ६ लाख रुपैयाँ लिएको उजुरी प्रहरीमा परेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

बिज्ञापन

६ लाख तिरेर रुस पुगे शंकर कार्कीले रुसी सेनामा काम नगर्ने बताएका थिए । रुसमा पुगेलगत्तै विमानस्थलमा उनले लिन आएको एजेन्टलाई ८०० डलर बुझाएका थिए। नेपालबाट होटलमा भनेर पठाइएको भए पनि त्यहाँ पुगेपछि शंकरलाई रुसी सेनामा काम गर्न भनिएको थियो । तर, उनी आफ्नो सम्झौता होटलमा रहेको र सेनामा काम नगर्ने बताएर नेपाल फर्केका थिए । नेपाल आएलगत्तै उनले रुस पठाउने व्यक्तिविरुद्ध उजुरी गरेका थिए ।

एसएलसी पास समेत नगरेका शंकरलाई रुस पठाउनका लागि ट्राभल्सले नै नक्कली कागजहरू बनाइदिएको प्रहरीले बताएको छ । पक्राउ परेका सुनार र राईलाई मानब तस्करीको आरोपमा थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ । कार्कीसँगै रुस पुगेका राजन र विकास भने रुसी सेनामा भर्ना भएको बताइएको छ । पछिल्लो समय वैदेशिक रोजगारीका नामा ठगी कार्य तीव्र गतिमा बढेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते