होमपेज > डेडिकेटेड र ट्रंकलाइन विवाद चाँडै टुंगिन्छः अर्थमन्त्री

डेडिकेटेड र ट्रंकलाइन विवाद चाँडै टुंगिन्छः अर्थमन्त्री

बिज्ञापन
बिज्ञापन

अर्थमन्त्री डा. प्रकाशशरण महतले डेडिकेटेड र ट्रंकलाइन विवाद सरकारले चाँडै टुंग्याउने बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले उद्योगीहरुको विद्युत लाइन काटेको कुरालाई सकरारले चाँडै टुंगो लगाउने बताएका हुन् ।

बिज्ञापन

उनले विद्युतको लाइन काट्ने कुराले धेरै उद्योग, व्यवसाय प्रभावित भएको गुनासो आइरहेकाले यसको चाँडै समाधान निकाल्ने बताए । उनले डेडिकेटेड र ट्रंकलाइन विवादलाई इज्जतको प्रश्न बनाउनु नहुने बताए । उनले डेडिकेटेड र ट्रंकलाइन विवादको विषय थप अन्योल बनाउनु नहुने बताए ।

बिज्ञापन

उनले भने, ‘विद्युतको लाइन काट्ने कुराले धेरै उद्योग, व्यवसाय प्रभावित भयो, यसको चाँडै टुंगो लाग्नुपर्यो । त्यो सत्य हो, त्यसलाई चाँडै समाधान गर्नुपर्छ । यसलाई इज्जतको प्रश्न बनाउनु हुँदैन । यसलाई यथार्थ, जुन बेला साँच्चिकै लोड सेडिङ थियो, म त्यो बेलामा उर्जामन्त्री थिएँ ।

भर्खर हामीले लगानीको संरचना बनाउँदै थियौँ । त्यो बेला १६/१७ घण्टासम्म लोडसेडिङ थियो । त्यो बेलामा प्रिभिलेज थियो । कन्जुमरलाई पनि काटेर दिने । त्यो एक्ज्याक्ट समय के हो र कसरी उसले डिफाइन गरेको छ । त्यसको यथार्थको आधारमा यसको चाँडै टुंगो लाग्नुपर्छ । यसलाई हामीले अन्योलको विषय बनाएर थप अन्योल सिर्जना गर्नु हुँदैन ।

बिज्ञापन

यस विषयमा निजी क्षेत्रको साथीहरुसँग बसेर यथार्थ के हो? तिर्नुपर्ने कति हो त? निक्र्यौल गरेर यसको टुंगो हामी लगाउँछौँ ।’ अर्थमन्त्री महतले अर्थतन्त्र बिस्तारै चलायमान भइरहेकाले थप सकारात्मक कुराहरुको आवश्यकता रहेको बताए।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते