होमपेज > राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समिति अध्यक्षमा ढुङ्गानाद्वारा शपथ ग्रहण

राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समिति अध्यक्षमा ढुङ्गानाद्वारा शपथ ग्रहण

बिज्ञापन
बिज्ञापन

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष दिलीपकुमार ढुङ्गानाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बिज्ञापन

यसअघि बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले दिलीपकुमार ढुङ्गानालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । ढुङ्गानाले व्यवस्थापनमा विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् । उनले एक कार्यक्रमका बीच बिहीबार नै पदबहाली समेत गरेका छन् ।

बिज्ञापन

शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको संस्थागत सुशासन तथा जोखिम व्यवस्थापनमा जोड दिई नेपाल सरकार तथा राष्ट्र बैंकको नीति निर्देशनलाई अंगिकार गर्दै ग्राहकमुखी व्यवसाय बृद्धिमा बैंक लाग्नुपर्ने बताए ।

बैंकका नवनियुक्त अध्यक्ष ढुङ्गानाले बैंकिङ्ग क्षेत्रमा आफ्नो लामो अनुभवको भएको बताउँदै सदैव बैंकको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वर्तमान अवस्थाका बारेमा जानकारी गराए । साथै बैंकले हालै जाजरकोट केन्द्रबिन्दु भई भूकम्प प्रभावित क्षेत्रमा राष्ट्र बैंकले आवास कर्जा लगानी गर्दा आधार दरमा दुई प्रतिशत प्रिमियम जोडी लिन सक्ने भनेता पनि यस बैंककले एक प्रतिशत मात्र प्रिमियम लिई आवास कर्जा लगानी गरी समाज प्रति उत्तरदायीपूर्ण कार्य गरिरहेको छ ।

बिज्ञापन

शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा।निलम तिम्सिना ढुङ्गाना, राष्ट्र बैकका उच्च पदाधिकारीहरु र राष्ट्रिय वाणिज्य बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृतहरु, कम्पनी सचिव लगायतको उपस्थिति रहेको थियो ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते