होमपेज > बैंकहरुद्वारा मधेश प्रदेशको औद्योगिक क्षेत्रमा मात्रै एक खर्ब नौ अर्ब रुपैयाँ कर्जा प्रवाह

बैंकहरुद्वारा मधेश प्रदेशको औद्योगिक क्षेत्रमा मात्रै एक खर्ब नौ अर्ब रुपैयाँ कर्जा प्रवाह

बिज्ञापन
बिज्ञापन

औद्योगिक कर्जा बढेको छ । नेपाल राष्ट्र बैंकले बिहिबार सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन सम्बन्धी मधेश प्रदेशको वार्षिक प्रतिवेदन २०७९/०८० अनुसार बैंक तथा फाईनान्स कम्पनीहरुले मधेश प्रदेशमा औद्योगित कर्जा बढाएका हुन । प्रतिवेदन अनुसार मधेश प्रदेशमा औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जा सात दशमलव ३० प्रतिशतले बढेर एक खर्ब ९ अर्ब ५९ करोड पुगेको छ ।

बिज्ञापन

गत आर्थिक वर्षमा यस्तो कर्जा एक खर्ब दुई अर्ब १३ करोड रुपैयाँ रहेको थियो । समीक्षा वर्षमा मधेश प्रदेशमा औद्योगिक क्षेत्रमा प्रवाहित कर्जा मध्ये सबैभन्दा बढी कर्जा पर्सा जिल्लामा ६१ दशमलव आठ प्रतिशत र सबै भन्दा कम सप्तरी जिल्लामा दुई दशमलव ३४ प्रतिशत रहेको छ । मधेश प्रदेशमा सब भन्दा धेरै उद्योगहरू पर्सा जिल्लामा रहेकोले पर्सा जिल्लामा सबैभन्दा बढी औद्योगिक कर्जा प्रवाह छ ।

बिज्ञापन

क्षेत्रगत औद्योगिक कर्जा स्थिति अन्र्तगत समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाबाट मधेश प्रदेशमा औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जा मध्ये गैर–खाद्यवस्तु उत्पादन उद्योगतर्फ ५५ प्रतिशत, कृषि–वन तथा पेय पदार्थ उत्पादन उद्योगतर्फ ३१ प्रतिशत, धातुको उत्पादन, मेशिनरी तथा इलेक्ट्रोनिक्स तथा धातुका सामान उत्पादन तर्फ पाँच प्रतिशत, निर्माण उद्योगतर्फ ६ प्रतिशत, खानी उद्योगतर्फ दुई प्रतिशत र विद्युत, ग्याँस तथा पानी उद्योगतर्फ एक प्रतिशत कर्जा प्रवाह भएको छ ।

गत आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खानीः धातुको उत्पादनस कृषि, वन तथा पेय पदार्थ उत्पादन, गैरखाद्य वस्तु उत्पादन सम्बन्धी र विद्युत, ग्यास तथा पानी उद्योग तर्फको कर्जामा क्रमशः ४६ दशमलव ७४ प्रतिशत, आठ दशमलव ८१ प्रतिशत, १३ दशमलव १३ प्रतिशत र ३० दशमलव चार प्रतिशतले बृद्धि भएको छ भने निर्माण र धातुका उत्पादन, मेशनरी तथा ईलेक्ट्रोनिक्स उद्योग तर्फको कर्जामा क्रमशः छ दशमलव एक प्रतिशत र ३६ दशमलव सात प्रतिशतले कमी आएको प्रतिवेदनमा उल्लेख छ ।

बिज्ञापन

प्रतिवेदन अनुसार मधेश प्रदेशको कृषि क्षेत्रमा मात्र बैंक तथा फाईनान्स कम्पनीहरुले कुल ५३ अर्ब ९५ करोड रुपैंयाँ कर्जा लगानी गरेका हुन । गत वर्षको सोही वर्षमा यस्तो कर्जा ४४ अर्ब २८ करोड रहेको थियो । मधेश प्रदेशमा प्रवाह भएको कुल कर्जा मध्ये कृषि क्षेत्रमा प्रवाहित कर्जाको अंश १२ दशमलव ५५ प्रतिशत रहेको छ । मधेश प्रदेशमा प्रवाहित कुल कृषि कर्जा मध्ये सबै भन्दा बढी कर्जा प्रवाह सर्लाही जिल्लामा १६ दशमलव ४७ प्रतिशत रहेको छ भने सबै भन्दा कम सप्तरी जिल्लामा सात दशमलव शुन्य तीन प्रतिशत रहेको छ ।

यसैगरी बैंक तथा वित्तीय संस्थाबाट मधेश प्रदेशमा प्रवाह भएको सहुलियतपूर्ण कर्जा २२ अर्ब ३० करोड पुगेको छ । गत वर्षको सोही वर्षमा यस्तो कर्जा १४ अर्ब पाँच करोड रुपैंयाँ रहेको थियो ।

समीक्षा वर्षमा सहुलियतपूर्ण कर्जा प्रवाहमा ठूलो वृद्धि आउनुमा नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंक तथा वित्तीय संस्थाले सो कर्जा प्रवाह गर्दा धितोमा आधारित भई अन्य कर्जा सरह सहुलियतपूर्ण कर्जा प्रवाह गर्नु प्रमुख कारण रहेको प्रतिवेदनमा उल्लेख छ । प्रवाहित कुल कर्जा मध्ये सबैभन्दा बढी चार अर्ब ४८ करोड अर्थात् २० दशमलव १३ प्रतिशत सर्लाही जिल्लामा र सबैभन्दा कम एक अर्ब ८ करोड अर्थात् चार दशमलव ८७ प्रतिशत सप्तरी जिल्लामा रहेको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते