होमपेज > सात ओटा विकास बैंकले लाभांश घोषणा, कसले कति दिए?

सात ओटा विकास बैंकले लाभांश घोषणा, कसले कति दिए?

बिज्ञापन
बिज्ञापन

बैंकहरुले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट लाभांश घोषणा गर्ने क्रम जारी छ। विभिन्न विकास बैंकमध्ये हालसम्म सात ओटा विकास बैंकले लाभांश घोषणा गरेका छन् । ती कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका छन् ।

बिज्ञापन

यसैगरी, दुई वटा विकास बैंकले भने गत आवको मुनाफाबाट लाभांश नदिने बताएका छन् । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आवको मुनाफाबाट १०.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । यसैगरी, सांग्रिला डेभलपमेन्ट बैंकले ५ प्रतशित बोनस सेयर कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ। मितेरी डेभलपमेन्ट विकास बैंकले ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

बिज्ञापन

त्यस्तै, लुम्बिनी विकास बैंकलेले ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । गरिमा विकास बैंकले ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । त्यस्तै महालक्ष्मी विकास बैंकले भने ६.४ पतिशत नगद लाभांश मात्र दिने घोषणा गरेको छ ।

यसैगरी,मुक्तिनाथ विकास बैंकले ९.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५१३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ। ज्योति विकास बैंक र सप्तकोशी विकास बैंकले गत वर्षको नाफाबाट लाभांश नदिने निर्णय गर्दै साधारणसभा बोलाएका छन् । यो वर्ष लाभांशमा अधिकांश विकास बैंकले बोनस सेयरलाई प्राथमिकता दिएका छन् । लाभांश घोषणा गरेका विकास बैंकमध्ये पनि तीन वटा विकास बैंक सांग्रिला, मितेरी र साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बुक क्लोज भइसकेको छ । अन्य कतिपय बैंकको भने लाभांश दिन सक्ने अवस्था छैन ।

बिज्ञापन

बाँकी चार वटा विकास बैंक मुक्तिनाथ, गरिमा, महालक्ष्मी र लुम्बिनी विकास बैंकको भने बुक क्लोज भइसकेको छैन । नेपाल स्टक एक्स्चेन्जमा कुल १५ वटा विकास बैंक सूचीकृत छन् ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते