होमपेज > लाभांश वितरणमा बैंकहरुको कन्जुस्याई, हेर्नुहोस कुन बैंकको लाभांश कति? (सूचिसहित)

लाभांश वितरणमा बैंकहरुको कन्जुस्याई, हेर्नुहोस कुन बैंकको लाभांश कति? (सूचिसहित)

बिज्ञापन
बिज्ञापन

आर्थिक मन्दीका कारण नाफा घट्दा बैंकहरुले लाभांश वितरणमा कन्जुस्याई गर्न थालेका छन् । गत वर्षदेखि अर्थतन्त्रमा आएको मन्दीले बैंकहरुको निक्षेप तथा कर्जा प्रवाहसँगै खुद मुनाफा पनि घट्दा बैंकहरुले लाभांश वितरणमा कन्जुस्याई गरेका हुन् ।

बिज्ञापन

सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरु मध्येमा हालसम्म १० वटा बैंकहरुले मात्र आर्थिक वर्ष २०७९/०८० को खुद मुनाफा मध्येबाट लाभाँश वितरणको घोषणा गरेकोमा सबैको लाभांश कम देखिएको छ । सो मध्ये नबिल बैंकले गत आर्थिक वर्षको खुद मुनाफा मध्येबाट ११ प्रतिशत नगद लाभांश वितरणको घोषणा गर्दा नेपाल एसबिआई बैंकले छ दशमलव आठ प्रतिशत नगद र तीन दशमलव ७५ प्रतिशत बोनस सेयर कुल १० दशमलव ५५ प्रतिशत लाभांश वितरण गर्नै घोषणा गरेको छ । यसैगरी ग्लोबल आईएमई बैंकले आठ प्रतिशत नगद र एक प्रतिशत बोनस सहित कुल ९ प्रतिशत लाभांश वितरण गर्नै घोषणा गर्दा स्टान्र्डड चार्टड बैंकले १९ प्रतिशत नगद लाभाँश वितरण गर्ने घोषणा गरेको छ ।

बिज्ञापन

आर्थिक वर्ष २०७९/०८० को खुद मुनाफा मध्येबाट सिद्धार्थ बैंकले चार दशमलव २१ प्रतिशत नगद लाभांश घोषणा गर्दा सिटिजन्स बैंक इन्टरनेशनलले पाँच दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । यसैगरी एनआईसी एशिया बैंकले एक दशमलव ५२ प्रतिशत नगद लाभांश र २९ प्रतिशत बोनस सेयर सहित कुल ३० दशमलव ५२ प्रतिशत लाभाँश वितरणको घोषणा गर्दा सानिमा बैंकले पाँच दशमलव सात प्रतिशत नगद र नौं प्रतिशत बोनस सेयर सहित कुल १४ दशमलव सात प्रतिशत लाभाँश वितरण गर्नै घोषणा गरेको छ ।

एभरेष्ट बैंकले भने गत आवको खुद मुनाफा मध्येबाट १० दशमलव ५३ प्रतिशत नगद र १० प्रतिशत बोनस सहित कुल २० दशमलव ५३ प्रतिशत लाभांश वितरणको घोषणा गर्दा माछापुच्छ्र्रे बैंकले भने शुन्य दशमलव ७५ प्रतिशत नगद र १३ दशमलव तीन प्रतिशत बोनस सहित कुल १४ प्रतिशत लाभाँश वितरण गर्नै घोषणा गरेको छ ।

बिज्ञापन

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते