नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको हो ।
बिज्ञापन
अघिल्लो दिन प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले घटेर १ लाख १६ हजार ३ सय रुपैयाँ कायम भएको हो ।
बिज्ञापन
यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा २ सय रुपैयाँले नै घट्दै १ लाख १५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले मात्रै बढ्दै १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।








