होमपेज > हिमालयन रिइन्स्योरेन्स कम्पनीको आईपीओ खुल्ने म्याद सर्‍यो

हिमालयन रिइन्स्योरेन्स कम्पनीको आईपीओ खुल्ने म्याद सर्‍यो

बिज्ञापन
बिज्ञापन

हिमालयन रिइन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आईपीओ) खुल्ने म्याद सरेको छ । अंकित मूल्य १ सयमा प्रतिकित्ता १०६ रुपैयाँ पि्रमियम थप गरी कम्पनीले प्रतिकित्ता २०६ रुपैयाँका दरले आईपीओ निस्कासन गर्दैछ ।

बिज्ञापन

यसअघि भोलि मंगलबारदेखि कम्पनीले वैदेशिक रोजगारीमा रहेकाहरुलाई आईपीओ बिक्री खुला गर्ने मिति तय गरेकोमा त्यो अवधिलाई मंसिर ४ देखि मात्रै खुला हुनेगरी सारेको हो । तिहारको लामो विदा पर्ने भएकाले मिति सारिएको बिक्री प्रवन्धक एनएमबी क्यापिटलले सार्वजनिक सूचनामार्फत जनाएको छ । वैदेशिक रोजगारमा रहेकाले अब मंसिर ४ देखि १८ गतेसम्म यस कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् ।

बिज्ञापन

कम्पनीको सेयर निस्कासनलाई इक्रा नेपालले ए माइनस रेटिङ प्रदान गरेको छ । इक्राले सबैभन्दा बलियो कम्पनीले एएए रेटिङ प्रदान गर्दछ भने कमजोर कम्पनीलाई डी रेटिङ प्रदान गर्दछ । यो कम्पनीलाई प्रदान भएको ए माइनस रेटिङले कम्पनी मध्यमस्तरमा बलियो रहेको जनाउँछ । कम्पनीको अपरिस्कृत वित्तीय विवरणअनुसार असार मसान्तसम्म प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ९२ पैसा छ भने प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३२ पैसा छ । सो अवधिसम्म सञ्चित नाफा ४४ करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

नेपाल सरकारको समेत लगानीमा स्थापना भएको नेपाल रि- इन्स्योरेन्सपछि पुनर्बीमा क्षेत्रमा निजी लगानीमा पहिलोपटक हिमालयन रि-इन्स्योरेन्स सञ्चालनमा आएको छ । १० अर्ब चुक्ता पूँजी रहने कम्पनीले ३ अर्ब रुपैयाँ प्राथमिक निस्कासन (आईपीओ) मार्फत जुटाउँदै छ । कम्पनीमा नेपालका प्रतिष्ठित व्यावसायिक घरानाहरुको लगानी छ । कम्पनीले हालै सीईओको जिम्मेवारी उपासना पौडेललाई दिएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते