होमपेज > १२ अर्ब रुपैयाँभन्दा बढीको आइपीओ आउँदै

१२ अर्ब रुपैयाँभन्दा बढीको आइपीओ आउँदै

बिज्ञापन
बिज्ञापन

दसैंपछि विभिन्न २० वटा कम्पनीले सर्वसाधारका लागि साधारण सेयर (आइपीओ) निष्कास गर्ने भएका छन् । दसैंअघिसम्म २० वटा कम्पनी आइपीओ ल्याउन नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

बिज्ञापन

यी कम्पनीहरुले १२ अर्ब ९० करोड रुपैयाँभन्दा बढीको आइपीओ निष्कासन गर्न अनुमति मागेका हुन् । आवेदन दिएका सबै कम्पनीले आइपीओ निष्कासनको लागि अनुमति पाएभने धितोपत्र बजारमा ८ करोड ९६ लाख ३५ हजारभन्दा बढी सेयर थपिनेछ । यी मध्ये रिलायन्स स्पिनिङ मिल्स र जगदम्बा स्टिलले प्रिमियम भाउमा आइपीओ जारी गर्न अनुमति मागेका हुन् । अरुले एक सय अंकित मूल्यमा नै आइपीओ जारी गर्न लागेका हुन् ।

बिज्ञापन

बोर्डमा आइपीओ निष्कासनका लागि आवेदन दिएका मध्ये धेरैजसो जलविद्युत कम्पनीहरु रहेका छन् । पछिल्लो समय धितोपत्र बोर्डले जलविद्युत कम्पनीहरुलाई अइपीओ निष्कासनमा पनि कडाईं गर्न लागेको छ । वित्तीय रुपमा सबल नभएका कम्पनीहरुले पनि आइपीओ र हकप्रद सेयर जारी गरेको भन्दै त्यसमा नियमन गर्न धितोपत्र बोर्डलाई सरोकारवालाहरुले दबाब दिँदै आएका थिए ।

यसैबीच, बोर्डले यसलाई व्यवस्थित गर्नका लागि धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकामा केही व्यवस्था थप गर्न लागेको हो । तथापि, बोर्डमा आइपीओ निष्कासनको लागि अनुमति दिएका कम्पनीमा उक्त व्यवस्था लागू हुनेछैन ।

बिज्ञापन

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते