होमपेज > सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप, अब कहिलेसम्म पाइन्छ भर्न?

सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप, अब कहिलेसम्म पाइन्छ भर्न?

बिज्ञापन
बिज्ञापन

सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आईपीओमा आवेदन दिन म्याद थप भएको छ । यस कम्पनीले पहिलो चरणको निर्धारित समयमा आईपीओमा मागभन्दा कम आवेदन परेकाले समय थप गरेको हो ।

बिज्ञापन

अब यस कम्पनीको आईपीओमा असोज २८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । तथापि, उक्त समय अगावै मागभन्दा बढी आवेदन परेको खण्डमा जुनसुकै दिन सूचना जारी गरेर आईपीओको बिक्री बन्द गर्ने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ ।

बिज्ञापन

सीडीएसका अनुसार यस कम्पनीको आईपीओमा मंगलबार (असोज १६ गते) साँझ ५ः०७ बजेसम्ममा ७ लाख ३२ हजार ९५३ जनाले ८५ लाख ६६ हजार ८४० कित्ताका लागि आवेदन परेको छ । यो मागभन्दा धेरै कम हो । कम्पनीले असोज १४ गतेदेखि १००अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसका दरले ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर सर्वसाधरणका लागि बिक्रीमा ल्याएको हो ।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले जानकारी गराएको छ । सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

बिज्ञापन

क्रेडिट रेटिङ संस्था इन्फोमेरिक्स नेपालले यस आइपीओलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम रुपमा सुरक्षित रहेको जानाउने ‘आइआरएन ट्रिपल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । इन्फोमेरिक्स नेपालले २०७९ मंसिर १५ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८० मंसिर १४ गतेसम्म बाहल रहनेछ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते