होमपेज > १२औं महालेखापरीक्षक बन्न दैडधुप

१२औं महालेखापरीक्षक बन्न दैडधुप

बिज्ञापन
बिज्ञापन

महालेखापरीक्षकको कार्यालयका ११औं महालेखापरीक्षक टंकमणि शर्मा ०८० जेठ ७ गते ६ वर्षे कार्यकाल पूरा गरेर विदा भएपछि महालेखापरीक्षकको कार्यालय नेतृत्वविहीन छ । अब १२औं महालेखापरीक्षक को बन्ला भन्ने जिज्ञासा रहेको छ ।

बिज्ञापन

सरकारले आवेदन माग गरेको महालेखापरीक्षक पद सम्हाल्न १६ जनाले आवेदन पेश गरेको बुझिएको छ । महालेखापरीक्षक बन्न रहर गर्नेहरुमा पूर्व सचिव,बहालवाला सचिवदेखि महालेखा परीक्षक कार्यालयकै कर्मचारीदेखि सिए समेत रहेको विवरण भेटिएको छ । भदौं २ गतेभित्र आवेदन पेश गर्नेहरुमा महेश्वर काफ्ले, वामदेव शर्मा अधिकारी र तोयम राय हुन्  । उनीहरू बहालवाला कर्मचारी हुन ।
महालेखापरीक्षक बन्नका लागि सबैभन्दा धेरै रिटायर्ड सचिवहरुले रहर गरेका छन् । १६ जनाको आवेदन पर्दा ८ जना बहालवाला सचिवहरुले नै आवेदन पेश गरेका हुन । सचिव पदमा रहँदा निर्वाचन आयोग,सहकारी मन्त्रालय,महालेखा नियन्त्रक,शिक्षा मन्त्रालय हाँकिसकेका गोपीनाथ मैनालीदेखि राममाया कुँवरसम्म छिन् । उनी गण्डकी प्रदेशका सचिव बाबुराम कुँवरकी जीवनसंगिनी हुन । कुँवर महालेखापरीक्षक नियुक्त भएको खण्डमा महालेखाले पहिलो महिला महालेखापरीक्षक पाउनेछ ।

बिज्ञापन

लामो समय अर्थ मन्त्रालयमा काम गरेका शिशिर ढुंगनाले समेत तिव्र आकाक्षा देखाएका छन् । उनलाई केपी ओली निकटका मानिँदै आएको छ । संवैद्यानिक परिषद्मा केपी ओली नै सर्वसर्वा रहेका कारण उनी नै महालेखापरीक्षको नेतृत्वमा पुग्न सक्ने आँकलन पनि कर्मचारीहरु माझ चल्ने गरेको छ । रामशरण पुडासैनी, हरि बस्याल, शङ्कर खरेल, रामप्रसाद थपलिया र बाबुराम गौतमले पनि आवेदन दिएका छन्  ।

त्यसैगरी, सो पदको लागि आवेदन दिने अन्य बहालवाला कर्मचारीमा वैकुण्ठबहादुर अधिकारी र चन्द्रकान्त भण्डारी रहेका छन् । उनीहरू अहिले महालेखापरीक्षक कार्यालयमै कार्यरत सहसचिवहरू हुन् । त्यहाँ उनीहरू नायब महालेखापरीक्षकको जिम्मेवारीमा छन् । महालेखापरीक्षक बन्न दुई जना चार्टर एकाउन्टेन्ट (सिए) ले पनि आवेदन दिएका छन् । जसमा विवादित छविका सिए सुबोधकुमार कर्ण समेत छन् । सरकारी सम्पत्ति हिनामिनामा संलग्न रहेको निष्कर्षसहित न्यायिक समितिले उनलाई कारबाहीका लागि सिफारिस गरेको थियो । तर, उनी राजनीतिक पहुँच र शक्तिका आधारमा कारबाहीबाट जोगिँदै आएका छन् । अर्का सिए हरि सिलवाल हुन्।

बिज्ञापन

नेपालको संविधानको भाग २२ मा महालेखापरीक्षकको नियुक्ति सम्बन्धिको व्यवस्था रहेको छ ।संबैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिले महालेखापरीक्षक नियुक्त गर्ने व्यवस्था संविधानमा रहेको छ ।संबैधानिक परिषदले सिफारिस गर्नुपर्ने महालेखापरीक्षकको नियुक्ति यसपटक सत्ता गठवन्धनमा आवद्ध दलले चाहेको व्यक्ति बन्ने सम्भावना ज्यादै न्यून देखिएको छ ।

अहिलेको संबैधानिक परिषदको संरचनामा अध्यक्षसहित ६ सदस्यीय हुने व्यवस्था रहेको छ । जसमा प्रधानमन्त्री पुष्पकमल दाहाल अध्यक्ष, सभामुख देवराज घिमिरे ,राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना,उपसभामुख इन्दिरा रानामगर,प्रधानन्याधीश विश्वम्भर श्रेष्ठ,प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सदस्य रहेका छन् ।

ओली,तिमल्सिना र घिमिरे नेकपा एमाले निकटका हुन् भने उपसभामुख राना राष्ट्रिय स्वतन्त्र पार्टीकी । रास्वपा पनि अहिले प्रतिपक्षमै रहेको अवस्थामा सरकारले चाहेको व्यक्ति भन्दा प्रमुख प्रतिपक्षीले चाहेको व्यक्ति आगामी महालेखापरीक्षक बन्न सक्ने सम्भावना बलियो देखिएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते